महेश बस्नेतलाई पछि पार्दै रास्वपाका राजीव खत्री २२६५ मतान्तरले अग्रता कायम !
काठमाडौं । भक्तपुर क्षेत्र नं २ को ताजा मतपरिणाम अनुसार एमाले नेता महेश बस्नेतलाई पछि पार्दै रास्वपाका उम्मेदवार राजीव खत्रिले २२६५ मतान्तरले अग्रता कायमै राखेको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपका राजीव खत्रीले ४०८४ मत प्राप्त गरेका छन् भने एमालेका महेश बस्नेतले १८१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसको कविर राणाले ८२६ मत ल्याएका छन् । नेकपाका रामप्रसाद सापकोटाले १२१ मत ल्याएका छन् भने राप्रापाका बिक्रम थापाले १०६ मत ल्याएका छन् ।
भक्तपुर जिल्लामा कुल जनसंख्या २९८६८४ रहेको छ भने कुल मतदाता संख्या १९४४३९ रहेका छन् । जसमा ९४६८३ जना पुरुष छन् भने ९९७५१ जना महिला छन् ।
