जेबी जिम्बाको ‘भन पुतली’ सेलो गीतको म्युजिक भिडियो विमोचन सम्पन्न
काठमाडौं । गायक तथा संगीतकार जेबी जिम्बाको नयाँ सेलो गीत ‘भन पुतली’ को म्युजिक भिडियो आज काठमाडौंस्थित Himalayan Trout Hall मा एक कार्यक्रमबीच विमोचन गरिएको छ।
शब्द, संगीत तथा स्वर जेबी जिम्बाको रहेको गीतमा फिमेल भोकल चर्चित गायिका जीतु लोप्चानको रहेको छ। गीतको एरेन्ज तथा मिक्सिङ सानुबाबु घिसिङले गरेका हुन् भने गीतको रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरिएको हो।
त्यस्तै भिडियो तर्फ म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी पाल्देन लामाले गरेका छन्। भिडियोमा नव मोडल बिनोद श्रेष्ठ र चर्चित मोडल अम्बिका तामाङको अभिनय रहेको छ भने कुईसाङ रुम्बा अतिथि कलाकारका रूपमा प्रस्तुत भएका छन्। भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिल विष्टले गरिएको छ।
कुईसाङ रुम्बाको सभाध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा तामाङ चलचित्रका महानायक अमिर दोङ तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बरुण लामासहित कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा आङ दोर्जे शेर्पा, काम सार्की शेर्पा, निमा पाल्देन शेर्पा (Himalayan Trout सञ्चालक), कलाकार योसफ लामा, बिमला घिसिङ, मोडल पर्वत तामाङ, समाजसेवी तेन्जिङ लामा, मोडल रिजन लामा, व्यवसायी मिस मालती तथा गायक अशोक लामा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात दीप प्रज्वलन तथा स्वागत मन्तव्यबाट गरिएको थियो।पाल्देन लामाले स्वागत मन्तव्य राखेका थिए भने भिडियोका कलाकार बिनोद श्रेष्ठ र संगीत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सानुबाबु घिसिङले आफ्नो अनुभव शेयर गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अमिर दोङ तामाङले शुभकामना मन्तव्य दिँदै ‘भन पुतली’ गीत तथा म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरे। सो अवसरमा सिर्जना तथा कार्यक्रममा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानपत्रसमेत वितरण गरिएको थियो।
जेबी जिम्बाको आधिकारिक YouTube Channelमार्फत दिउँसो ३ः३० बजे म्युजिक भिडियो सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन सभाध्यक्ष कुईसाङ रुम्बाले गरेका थिए। सेलो संगीतको मौलिकता र आधुनिक प्रस्तुतिलाई संयोजन गर्दै तयार पारिएको ‘भन पुतली’ म्युजिक भिडियोले दर्शक तथा श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस…
