काभ्रे । चुनावी मिति नजिकिदै गर्दा काभ्रे कांग्रेसमा झट्का लागेको छ । कांग्रेसको कृयाशिल सदस्य परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने युवाहरुको ओइरो लागेको छ । आईतबार रोशी र तेमाल गाउँपालिका युवाहरु कांग्रेस पार्टी परित्याग गरी उनेपामा प्रवेश गरेको हो ।
रोशी गाउंपालिका वडा न. १० वाल्टिङका नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य परित्याग गरि निर्वाचित वडा सदस्य बिरेन्द्र लामा सहित दर्जनौं कार्यकर्ता साथमा लिएर उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छ्न। चुनावी घरदैलो अभियान लिएर उज्यालो नेपाल पार्टीको उम्मेदवार योगेन्द्र लामा उक्त स्थानमा पुगेको सन्दर्भमा उज्यालो नेपाल पार्टीका अध्यक्ष पुर्वमन्त्री कुलमान घिसिङको प्रमूख आतिथ्यतामा एक कोणसभा गर्दै पार्टी प्रवेश कार्यक्रम राखेको हो। निर्वाचनको संघारमा विभिन्न पुरानो राजनीतिक दल परित्याग गरेर उज्यालो नेपाल प्रवेश गर्नेको लर्को लागिरहेको छ। वाल्टिङ र रोशीबाट उज्यालो नेपाल प्रवेश गर्नेहरु,
बिशान लामा -रोशी १० (माओवादी)
भक्त बहादुर लामा – रोशी १० (माओवादी)
चक्र घलान – रोशी १० (माओवादी)
दावा लामा रोशी -१० (नेपाली काङ्ग्रेस)
सन्त सिं तामाङ -रोशी १ (नेपाली काङ्ग्रेस)
शङ्ख सिं लामा -रोशी २ (नेपाली काङ्ग्रेस) लगायतका पार्टी प्रवेश गकेका हुन् ।
त्यसैगरि तेमाल गाउँपालिका वडा न. ९ मुक्पाबाट पनि पुरानो राजनितिक दल माओवादी र काङ्ग्रेस छोडेर सयौंको सङ्ख्यामा उज्यालो नेपाल पार्टी प्रवेश गरेका छन।
तेमाल ९ मुक्पाबाट उज्यालो नेपाल प्रवेश गर्नेहरुमा
अनिल तामाङ
चन्द्र दोङ
टासी लामा
वाला दोङ
प्रदिप दोङ
शान्ता थोकर
विशाल दोङ

प्रबिन थोकर लगायत सयौंको सङ्ख्यामा प्रवेश गरेका छन।
नव प्रवेशी सदस्यहरुलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष पुर्वमन्त्री कुलमान घिसिङ र काभ्रे जिल्ला क्षेत्र न. १ का उम्मेदवार योगेन्द्र लामाले उज्यालो क्याप र खादाले सम्मान गरि स्वागत गरेका थिए।


