समाचारपाँचखालमा ट्याक्सी दुर्घटना, ५ जना घाइते, चालकसहित ३ जनाको अवस्था गम्भीर

पाँचखालमा ट्याक्सी दुर्घटना, ५ जना घाइते, चालकसहित ३ जनाको अवस्था गम्भीर

काठमाडौ। काभ्रेको पाँचखाल नगरपालिका–१३ स्थित कालिन्जोरमा यात्रुवाहक ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये ट्याक्सी चालकसहित तीन जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

स्थानीयका अनुसार बुधबार साँझ करिब ७ः३० बजे तेमालवेशीबाट काठमाडौँतर्फ आउँदै गरेको बा १३ च ३३६ नम्बरको ट्याक्सी सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा परी ट्याक्सीमा सवार पाँचै जना घाइते भएका छन्। उनीहरूको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

गम्भीर घाइते हुनेमध्ये ट्याक्सी चालक तेमाल गाउँपालिका–२ का आशिष तामाङ र उनका भाइ विशाल तामाङसमेत रहेको बताइएको छ। अन्य घाइतेहरूको परिचय तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनाको कारण र घटनाबारे थप आधिकारिक विवरण प्राप्त हुन सकेको छैन।

नोट: घाइतेहरूको अवस्था र पहिचानसम्बन्धी विवरण स्थानीय स्रोतबाट प्राप्त प्रारम्भिक जानकारीमा आधारित भएकाले आधिकारिक पुष्टि हुन बाँकी छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्