समाचारप्रेस चौतारी काभ्रेको अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाले गरे १ लाख १ हजार...

प्रेस चौतारी काभ्रेको अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाले गरे १ लाख १ हजार सहयोग

काठमाडौं ।प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पुर्व राज्य मन्त्री रेशम लामाले बुधवार १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर लामाले प्रेस चौतारी काभ्रे शाखाको कार्यालयमै पुगी चौतारीका अध्यक्ष केदार तिमल्सिना सहितका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । केन्द्रिय सदस्य लामाले नागरिकहरुको अधिकारका लागि निरन्तर सक्रिय हुने पत्रकारहरुका लागि स्थापना गरिएको कोषमा सहभागिता हुन पाउँदा खुशी लागेको बताए । ‘ब्यवसायीक पत्रकारहरुको जीवनमा आई पर्ने विविध क्षेत्रमा खर्च गर्ने उदेश्यले स्थापना गरिएको कोषमा सहभागि हुने अवसर पाएँ’–लामाले भने–‘कोषको प्रगति र ब्यवसायीकतामा सफलताका लागि प्रेससँग सम्वद्ध सबैलाई शुभकामना छ ।’

चौतारीका अध्यक्ष केदार तिमल्सिनाले लामालाई धन्यवाद दिदै अक्षयकोषले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि सहयोग पुर्याउने गरी अभियान शुरु गरिएको बताए । चौतारीले आफ्नै कार्यालय मार्फत प्रशासनीक तथा ब्यवसायीक कार्य प्रारम्भ गरेको छ । पत्रकारहरुको दक्षता, क्षमता अभिबृद्धी, संस्थागत विकास र ब्यवसायीकतामा जोड दिने अध्यक्ष तिमल्सिनाले बताए । सोहि अवसरमा केन्द्रिय सदस्य रेशम लामाको जन्मोत्सव मनाईएको थियो । केन्द्रिय सदस्य लामाले अक्षय कोषका अलावा चौतारीको कार्यालयको दुई महिनाको भाडा तिरिदिने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्