कला/ साहित्यसाधारण सभामा विशेष चलचित्र प्रदर्शन: सर्जक र दर्शक एकै छानामुनि-अध्यक्ष दावा फिन्जो...

साधारण सभामा विशेष चलचित्र प्रदर्शन: सर्जक र दर्शक एकै छानामुनि-अध्यक्ष दावा फिन्जो तामाङ

काठमाडौं । काठमाडौको चावहिल स्थित चलचित्र विकास बोर्डमा तामाङ चलचित्र संघ बागमती प्रदेशको आज हुने चौथो वार्षिक साधारण सभामा अभिायान चलचित्र प्रदर्शन संगै दर्शक र सर्जक एकै छानामुनि रहने भएको छ ।

अध्यक्ष दावा फिन्जो तामाङको अनुसार आज हुने संघको चौथो साधारण सभामा संघले गरेको उपलब्धि संगै नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । यसै अवसरमा नेपाली चलचित्र अभियानको प्रदर्शन, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम-२०८२ लाई समेत भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको अध्यक्ष दावा फिन्जो तामाङले बताएको छ ।

साधाराण सभा संगै आज पर्दर्शनीको तयारी रहेको चलचित्र अभियानले तामाङ समुदाय र सिङ्गो ताम्सालिङ भुमीको  मुद्धा बोकेको छ । चलचित्र अभियान स्वर्गीय जयनन्द लामाले अभिनय गर्नु भएको अन्तिम नेपाली भाषाको चलचित्र रहेको निर्माण पक्षले बताएको छ । 

कोशी भिजन फिल्मसको ब्यानरमा निर्मित यो चलचित्र धरानको तरहारामा अवस्थित भुपु सैनिक हलमा देखाउन सफल भएपछि यस चलचित्रलाई राष्ट्रिय नाचघर जमलमा समेत सफल पर्दर्शन गरेका थिए । तामाङ कथामा आधारित नेपाली फिल्म अभियानको  निर्माता मैना घिसिङ रहेको छ । चलचित्रको लेखन/ निर्देशन लाख मान योन्जन, मुख्य कलाकारहरुमा स्व : जय नन्द लामा, दावा फिन्जो तामाङ, श्याम माया गुरुङ, अमर पाख्रीन तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश तामाङ, दिनेश कोईराला, रितेस जंग पौडेल, मदन राई लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ। राजेश लेप्चाको द्वन्द्वमा बनेको यस चलचित्र अन्य चलचित्रहरुमा भन्दा फरक दृश्यहरु देख्न पाउनेछ ।

बर्तमान अवस्थामा गोरु काटेर मासु खाएको मुद्धमा तामाङ, राइ, लिम्बु, मगर लगायत अन्य समुदायका थुप्रै मानिसहरुले मुद्धा खेपिरहेका छन । अभियान नामक चलचित्रले यो बिषयलाई समेत उठान गरिएको छ । ताम्सालिङको आवाज उठाएर अग्र स्थानमा आएका संघ संस्थाहरुले ताम्सालिङको मुद्ध बिसर्जन गरिसकेको छ । ताम्सालिङकै मुद्ध उठाएर तामाङ समुदायका थुप्रै विद्यार्थी, युवाहरुको हातमा बन्दुक थमाएका अहिलेको माओवादी केन्द्रले समेत अहिले ताम्सालिङको ता..समेत उच्चारण नगरेको अवस्थामा अभियान नामक चलचित्रले ताम्सालिङको मुद्धलाई समेत प्रभावकारी ढङ्गले उठाएको देखिन्छ ।

चलचित्र निर्माण पक्षको अनुसार आधुनिक नेपाल निर्माणको क्रममा राज्यका शासकहरुले तामाङ जाति माथि गरेको भिवेद, उत्पिडन, दमन र अत्याचारको कारण आजसम्म तामाङ जाति पछि परेको कथा वस्तु फिल्ममा समेटिएको छ । विशेष गरेर फिल्ममा काभ्रे जिल्लाको तेमालमा तामाङहरुको राजा ह्रिन्छेन दोर्जे तामाङले २ सय ५६ वर्ष पहिले शासन गरेको कथा वस्तुलाई पनि मुख्य विषयको रुपमा उठाएको देखिन्छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्