25.2 C
Kathmandu

समाचारक्यान्सर पिडित चरीमाया तामाङ लाई २ लाख ७५ हजार सहयोग हस्तान्तरण ।

क्यान्सर पिडित चरीमाया तामाङ लाई २ लाख ७५ हजार सहयोग हस्तान्तरण ।

काठमाडौं । विगत लामो समय देखि क्यान्सर सङ्ग लडि रहेकी सि.पा. बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वरा हर्रे निवासी क्यान्सर पिडित चरीमाया तामाङको लागि देश बिदेश बाट जुटेको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

टुङ्ना मिडियाका पत्रकार सुरेन छ्युमी तामाङको नेतृत्वमा उठेको रकम पिडित परिवारलाई २०८१ चैत्र ३१ गते धुलिखेल हस्पिटलमा पुगि पिडित लाई २ लाख ७५ हजार सहयोग हस्तान्तरण गरियको थियो।

आर्थिक सहयोग गर्दिनु हुने कोमल हृदय भएका महान ब्यक्तित्वज्युहरु लाई टुङ्ना मिडिया र पिडित परिवारको तर्फबाट पत्रकार सुरेन छ्युमिले भिडियो मार्फत धन्यवाद व्यक्त समेत गरेको छ। देश भन्दा बाहिर बाट आर्थिक अलि बढी उठेको भएर सहयोगी दाताहरुले पसिना चुहाएर जम्मा गरिएको रकम पिडितको हातमा जस्ताको त्यस्तै थमाई दिएको सुरेन तामाङले जानकारी दिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्