25.2 C
Kathmandu

कला/ साहित्यतामाङ महानायक दोङ अभिनित भिडियो एलओडी नाइट क्लबबाट सार्बजनिक (नगर न रिस-२)

तामाङ महानायक दोङ अभिनित भिडियो एलओडी नाइट क्लबबाट सार्बजनिक (नगर न रिस-२)

काठमाडौ । तामाङ चलचित्रका महानायक अमिर दोङ अभिनित गीत नगर न रिस-२ एलओडी नाइट क्लबबाट सार्बजनिक गरेका छन् । दोङ अभिनित उक्त गीतको अफिसियल म्युजिक भिडियो शनिबार राति ठमेल स्थित एलओडी नाइट क्लबबाट सार्बजनिक गरिएका हुन् । 

गत बर्ष मात्रै एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा परेको थियो। यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो। यसै क्लबबाट नै शनिबार मध्यरातमा उक्त गीतको भिडियो सार्बजनिक गरेका हुन । सम्भवता सेलो गीतसंगीतको ईतिहासमै पहिलोपटक उत्कृष्ट एलओडी क्लब (नाइट क्लब)बाट यसरी म्युजिक भिडियो सार्बजनिक गरेको हुन सक्ने अनुमान लगाएको छन् नगरन रिस-२ का टिमले ।

सेलो गीतसंगीतको बजारमा पछिल्ला समय मौलिकताको स्थान के कत्ति रहेको छ भन्ने बिषयमा सामाजिक संजालमा बहस चलिरहेको यो अवस्थामा दर्शकले भने कमर्सियल टाईपका गीतहरुको माग अत्यन्तै रहेको देखिन्छ । हुन त सेलो गीतसंगीतको बजारमा कमर्सियल गीततका भिडियोहरुले बिकृति फैलायो भन्ने आरोप पनि यत्ताकता खेप्नुपर्ने अवस्था रहेको देखिन्छ । हुनु पनि पछिल्ला समय कल्चरल गीतहरुले भन्दा कमर्सियल गीतहरुले नै डिजिटल बजारको ठुलो हिस्सा ओगटेको अवस्था देखिन्छ । यसै क्रममा सेलो गीतसंगीतको बजारमा नगर न रिस-२ को म्युजिक भिडियो कमर्सियल तवरले निर्माण गरेर डिजिटल बजारमा सार्बजनिक गरेको छ ।

उक्त गीतमा शब्द रन्जित लामा वाईबाको रहेको छ भने संगीत सानुबाबु घिसिङको रहेको छ । गीततमा आवाज रन्जित लामा वाईबा र चर्चित गायिका जितु लोप्चनको रहेको छ । गीतको भिडियो तर्फ भने मिस्टर काजिको निर्देशन र राजु लामा थिङको कोरियोग्राफिमा तामाङ महानायक अमिर दोङ, बिना राउत, दिपु स्रेष्ठ, लक्कि लामा, मन्जित, अमृत कुमार तिमल्सिना र रोशन न्यौपानेको अभिनय रहेको छ । 

केही समय अघि मात्रै तामाङ चलचित्रका चर्चित नायक तथा तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेका अभिनेता कुमार मोक्तान संग जोडिएको बिवादास्पत शब्द सन्धि सम्धिनिमै आधारित गीत हो नगरन रिस-२ । गीतमा सम्धि सम्धिनिलाई सोल्टा सोल्टीनोको रुपमा लिएको बिषयलाई एक सार्बजनिक कार्यक्रममा नै नायक कुमार मोक्तानलो खण्डन गरेको बिषयलाई लिएर सम्धि सम्धिनि शब्द नै केही समय सामाजिक सन्जालमा एक तवरले भाईरल नै बनेको थियो भने नायक कुमार मोक्तानमाथि यो बिषयलाई लिएर गालिको बर्षात नै आएको थियो । हुन त काभ्रे जिल्ला लगायत अन्य थुप्रै जिल्लाहरुमा सम्धि सम्धिनि भन्ने साईनो व्यवहारिक रुपमा हेर्ने हो भने दाजु बहिनीको नै सम्बन्ध रहन्छ । यही बिषयलाई नायक मोक्तानले प्रष्ट पार्न खोजेका थिए । तर यहि वास्तबिकतालाई प्रष्ट पार्न खोज्न मोक्तानले तथानाम गालि नै खानु परेको अवस्था सिर्जना भएको थियो । 

तर यही बिवादास्पत शब्द प्रयोग गरेर गाएको गीतमा तामाङ चलचित्रका महानायक दोङले नै किन अभिनय गरियो भन्ने प्रश्न भने आम दर्शकहरुमा रहेको देखिन्छ । यस अघि थुप्रै चलचित्रहरुमा स्क्रिन शेयर गरेका तामाङ महानायक अमिर दोङ र चर्चित नायक कुमार मोक्तानको पछिल्ला केही बर्ष यत्ता कुनै पनि चलचित्र वा म्युजिक भिडियोमा स्क्रिन शेयर नभएको देख्दा आम दर्शकमा यी दुवै जना बिच आन्तरिक मनमुटाव रहेको छ कि भन्ने प्रश्न पनि खडा भएको देखिन्छ । तर एक सन्चारकर्मीको नजरले हेर्ने हो भने यी दुवै जना संगै भेट हुंदा मामा भान्झोको साईनो लगाएर दिल खोलेर बोलेको अवस्थाहरु पनि देखिन्छ । तर तामाङ चलचित्रको जगतमै हातको औंला भांचेर गन्दा पहिलो नम्बरमै पर्ने यी दुवै जनालाई एउटै स्क्रिनमा देख्न चहाने थुप्रै दर्शकहरुको माग रहेको पाईन्छ ।

यहि बिवादास्पत शब्द सम्धि सम्धिनि लाई सोल्टा सोल्टीनिको रुपमा प्रयोग गरेर गाएको गीत र कमर्सियल तवरले तयार गरिएको यस गीतको भिडियोलाई दर्शक स्रोताले कत्तिको न्याय देला भन्ने बिषय भने हामी सबैको पर्खाईको बिषय नै बनेको छ ।

गीतको भिडियो छायांकन, सम्पादन, कलरिङ लगायत प्रविधिक सबै पक्ष जितु तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्