18.1 C
Kathmandu

कला/ साहित्यपांचखाल-१ मा ल्होछार कार्यक्रम सम्पन्न, तामाङ एकताको सन्देश

पांचखाल-१ मा ल्होछार कार्यक्रम सम्पन्न, तामाङ एकताको सन्देश

काठमाडौ । काभ्रेको पांचखाल नगरपालिका वडा नं १ अनैकोटमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार अनैकोट भ्युटावरमा संघीय सांसद मानीय मिना तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त ल्होछार विशेष सांस्कृतिक कार्यक्रमले तामाङ एकताको सन्देश दिएका छन् ।

मन्जुश्री संवत २८६१ डुल ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित उक्त कार्यक्रम पांचखाल नगरपालिका वडा नं १ का वडाध्यक्ष बिष्णु बहादुर तामाङको सभाध्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ल्होछार संग सन्बन्धित विषय संगै ल्होछार कार्यक्रमले तामाङ समुदायलाई दिने सन्देश र यसले पार्ने प्रभावको बारेमा प्रष्ट पार्नका लागि नेपाल तामाङ घेदुङका पूर्व महासचिव काजिमान थिङ विशेष अतिथिको रुपमा रहेका थिए ।

त्यसैगरि कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य फुर्साङ तामाङ, तामाङ मुक्ति मोर्चाका केन्द्रीय सदस्य आईत सिं तामाङ, नेपाल तामाङ घेदुङ-काभ्रेका अध्यक्ष राज कुमार तामाङ, नेपाल तामाङ घेदुङ-पांचखालका अध्यक्ष रत्न बहादुर तामाङ, नेपाल तामाङ घेदुङ-मण्डनदेउपुरका अध्यक्ष चिन बहादुर तामाङ लगायत अन्य थुप्रै अतिथिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा चर्चित गायक तथा संगीतकार च्वाईस दोङ, बिहिन दोङ, बसन्ती तामाङ लगायत अन्य स्थानिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुतीहरु रहेका थिए । स्थानिय लामा, बोन्बो, ताम्बा र गान्बाहरु सहितको विशेष उपस्थि संगै शुभकामना आदनप्रदान तथा ल्होछार बृहत सांस्कृतिक कार्यक्रमले तामाङ एकता संगै सांस्कृतिक एकताको समेत सन्देश दिएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्