13.1 C
Kathmandu

कला/ साहित्यकुङ्ग होईसेर तामाङको जोर्सी थान्बा मायाः मन छुने प्रेमको अभिव्यक्ति

कुङ्ग होईसेर तामाङको जोर्सी थान्बा मायाः मन छुने प्रेमको अभिव्यक्ति

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि हाल जापानमा बस्दै आएका कुङ्ग होईसेर लामाको तामाङ प्रेम गीत जोर्सी थान्बा मायामा मन छुने प्रेमको अभिव्यक्ति लयबद्ध गरेका छन् ।

गायक तथा संगीतकार चेतन लामाको युट्युव च्यानल मार्फत केही दिन अघि मात्रै सार्बजनिक गरिएको उक्त गीतमा कुङ्ग होईसेर तामाङ र टुल्कु लामाको शब्द रचना रहेको छ । गीतको शब्दमा हृदय छुने प्रेम कहानी उनेको देखिन्छ । प्रेम गीत प्रेमी प्रेमिकाको मनको कथा हो । जहां हर्ष, विषाद, आशा, र समर्पणको सुन्दरतालाई संयोजन गरिएका हुन्छन् । यस गीतको शब्द लेखनमा यी यस्तै माया प्रेमका रंगहरुलाई उतार्ने प्रयास गरेका छन् गीतकार कुङ्ग होईसेर तामाङले ।

प्रेम गीतले मनको कुनामा लुकेका संवेदनाहरुलाई जगाउने गर्दछ । यो केवल धुन मात्रै होईन, प्रेमको गहिराईमा डुबाउने संगीतमय यात्रा हो । जसले मुटुको धड्कनलाई शब्द र संगीतमा उतार्छ । यि यस्तै भावनालाई संगीतमा बुनेको प्रेमको कथा हो कुङ्ग होईसेर तामाङको जोर्सी थान्बा माया । 

विशुद्ध माया प्रेममा आधारित यस गीतमा संगीत भने गायक तथा संगीतकार चेतन लामा र अर्पण थिङ  तामाङको रहेको छ । गीतमा मन छुने आवाज भने उनै चेतन लामा र रश्मि दोङ तामाङको रहेको छ । यस गीतको अडियो एरेन्ज तथा मिक्सिङ अर्पण थिङ तामाङले नै गरेका हुन् ।

अर्पण स्टुडियो बौद्धमा रेकर्ड गरिएको यस गीतलाई छिट्टै नै भिडियो सहित बजारमा ल्याउने तयारी रहेको बताउंछन कुङ्ग होईसेर तामाङले ।

 गीत सुन्नुहोस….

प्रतिकृया दिनुहोस..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्