13.1 C
Kathmandu

कला/ साहित्यअमर लामा दोङको सिल्बा सिल्बा बोलको गीत भिडियो सहित सार्बजनिक

अमर लामा दोङको सिल्बा सिल्बा बोलको गीत भिडियो सहित सार्बजनिक

काठमाडौं। अमर लामा दोङको सिल्बा सिल्बा बोलको तामाङ गीत भिडियो सहित डिजिटल बजारमा सार्बजनिक भएको छ । तामाङ गीतसंगीतको बजारमा पछिल्लो समय थरि थरिका गीतको अडियो तथा भिडियोहरु सार्बजनिक हुने क्रम निक्कै नै बढ्दो रहेको छ । यसै क्रममा अमर लामा दोङले सिल्बा सिल्बा बोलको गीत भिडियो सहित सार्बजनिक गरेका हुन् ।

बिशुद्ध माया प्रेममा आधारित यस गीतमा धरेन्द्र दोङको शब्द रचना रहेको छ । गीतमा संगीत अनिश योन्जन (च्याङ्बा) को रहेको छ भने अमर लामा दोङ्कै आवाज रहेको छ  । यस गीतको अडियो एरेन्ज तथा मिक्सिङ भने सुन्दर लामाले गरेका हुन् । त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो तर्फ भने नेपालि तथा तामाङ सेलो गीतसंगीतको म्युजिक भिडियो निर्देशनको क्षेत्रमा निक्कै लामो समय देखि कुशल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक युवराज वाइबाको निर्देशनमा दिलिप तामाङ र याङ्गी दोङ तामाङको अभिनय रहेको छ ।

गीतको भिडियो छायांकन निसल पौडेलले गरेका हुन भने सम्पादन  बिकाश दहालले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्