13.1 C
Kathmandu

कला/ साहित्यशंखरापुर–४ रैलेमा सोनाम ल्होछारको रौनकताः सांस्कृतिक एकताको सन्देश

शंखरापुर–४ रैलेमा सोनाम ल्होछारको रौनकताः सांस्कृतिक एकताको सन्देश

काठमाडौं । २८६१ डुल (सापुख्री) ल्हो सर्प बर्ष सोनाम ल्होछारको अवसरमा पछिल्ला समय यत्ता देश विदेशमा समेत विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउने क्रम रहेको छ । यसै क्रममा शंखरापुर नगरपालिकाको वडा नं ४ स्थित रैले वृद्धाश्रम प्राङ्गणमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । तामाङ समुदायको बिशेष चाड तथा राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा शुक्रवार रैलेमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पनन भएको हो ।

सोनाम ल्होछार मुल समारोह समितिका संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष सुना बहादुर तामाङ (सोनाम) को सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल सरकार उपप्रधानमन्त्री एवं शहरी बिकास मन्त्री माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यता समुद्धघाटन गरिएको थियो। कार्यक्रममा संघिय सांसद प्रतिमा गौतम, प्रदेश सांसद तथा पुर्व मन्त्री तीर्थ लामा, राजु बिष्ट, शंखरापुर नगर प्रमुख रमेश नापित, नगर उप प्रमुख समिता श्रेष्ठ, कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की, राजदुत गणेश योञ्जन, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी बुद्धिजीवी, कर्मचारीहरु लगायत अन्य थुप्रै व्यक्ति विशेषको उपस्थिती रहेको उक्त कार्यक्रममा रैलेवासी स्थानीयहरु मात्र नभएर उपत्यकाभित्रबाट कार्यक्रम अवलोकनका लागि बाक् उपस्थिति रहेका थिए ।

कार्यक्रमको सभध्यक्ष तथा वडाध्यक्ष सुना बहादुर तामाङ (सोनाम)ले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । उनले विभिन्न बिकास योजना, तामाङ समुदायको चाडपर्व, कला संस्कार संस्कृति,को संरक्षण र सम्बर्द्धन गर्नको लागि सबैको साथ सहयोग र एकताले मात्र सम्भव हुने बताउदै सोनाम ल्होछारको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गरेका थिए। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालको विविधता नै हाम्रो विविध सांस्कृतिक पहिचान हो । तामाङ समुदायको यो सांस्कृतिक पर्वले सामाजिक एकता र सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”
बिहान ६ बजे देखि बौद्ध धर्म अनुसारको पूजापाठ भएको थियो भने करिब ११ बजे देखि औपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।

कार्यक्रम झाँक्री लगायत तामाङ समुदायको विभिन्न कला संस्कार संस्कृति झल्किने विभिन्न नृत्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तब्य राख्दै तामाङ समुदायको कला संस्कार संस्कृति झल्किने राष्ट्रिय पर्व सोनाम ल्होछार सम्पुर्ण नेपालीहरुको एकताको प्रतीक भएको र यसलाई जोगाउनु हामी सबैको दायित्व र कर्तब्य हो भन्दै सबै जनाले सोनाम ल्होछारको पावन अवसरमा देश बिदेशमा रहेका सम्पुर्णमा शुभकामना ब्यक्त गरेका थिए।

ल्होछार विशेषलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न स्थानिय कलाकार तथा चर्चित कलाकारहरूका प्रस्तुति राखिएका थिए।विभिन्न नृत्य, गायन तथा लोकदोहोरीको रौनकतमा उपस्थित दर्शकहरुले कार्यक्रममा मनोरञ्जन लिनुका साथै खुशी व्यक्त गरेका थिए ।

कार्यक्रम मुल समारोह समिति सदस्यहरुमा वडा नं २ वडा अध्यक्ष रन बहादुर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र वडा नं ८ का वडा अध्यक्ष पोते थिङ तामाङ लगायत रहेका थिए भने कार्यक्रम वडा नं ४ को आयोजनामा भएको थियो। सोनाम ल्होछारलाई विभिन्न सञ्चार माध्यम मार्फत विश्वभर पुर्याउन काष्ठमण्डप टेलिभिजन, मुग्लानी खबर डटकम, मुग्लानी खबर एच डी, यथार्थ खबर, बौद्ध खबर, नेपाल भिउज, नमोबुद्ध न्युज लगायतबाट प्रत्यक्ष प्रशारण गरिएको थियो भने कार्यक्रमको शुरु देखि अन्तिम सम्म कार्यक्रम सञ्चालक द्वय सत्यमान लामा र सरिता घलानले सहजीकरण गरेका थिए।

कार्यक्रम स्थलमा आयोजक संस्थाले निशुल्क स्वास्थ्य सेवा समेत सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्