13.1 C
Kathmandu

स्थानिय समाचारतेमाल-२ चुखामा हुने कार्यक्रममा  तामाङ महानायक अमिर दोङ जाने

तेमाल-२ चुखामा हुने कार्यक्रममा  तामाङ महानायक अमिर दोङ जाने

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन उद्घाटन संगै जेष्ठ नागरिक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको लागि तामाङ महानायक अमिर दोङ तेमाल जाने भएको छ ।

प्रतिनिधि सभा सदस्य एवम् पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख चन्द्र लामा र उप-प्रमुख दलमान थोकरको विशेष आतिथ्यता रहने वडाध्यक्ष देवराज तामाङले जानकारी दिएको छ । यहि फागुन १ गते बिहानै देखि लामा गुरुहरु बाट मोलम पुजा पाठ सहित तामाङहरुको संस्कृति झल्किने डम्फू, लामा, बोन्बो(झाँग्री), मारुनी नाच लगायतको प्रस्तुतिहरु समेत रहने उनले बताए ।

भवन उद्घाटन संगै जेष्ठ नागरिक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रममा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङको साथमा पहिलो र्याप गायक उत्तर लामा र गायक तथा संगीतकार विहिन दोङ लगायत अन्य स्थानिय कलकारहरुको समेत सांगीतिक प्रस्तुतिहरु रहनेछ ।

वडाध्यक्ष तामाङको अनुसार तेमाल गाउंपालिका वडा नं २ मा करिब २ सय ५० जना जेष्ठ नागरिकहरु रहेका छन् । वडा भित्र रहेका सबै जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा रखेर सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । 

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्