13.1 C
Kathmandu

कला/ साहित्यनेता देखी अभिनेता सम्मको अनुभवः युवा व्यवसायी श्यामलाल योञ्जनको

नेता देखी अभिनेता सम्मको अनुभवः युवा व्यवसायी श्यामलाल योञ्जनको

काठमाडौं । युवा व्यवसायी श्यामलाल योञ्जनले नेता देखि अभिनेतासम्मको अनुभव लिएका छन् । उनी आफै युवा व्यवसायी मात्रै नभएर रामेछापको एक प्रभावशाली युवा नेताको रुपमा समेत चिनिन्छन् । यो पटक भने उनले अभिनय क्षेत्रमा समेत अनुभव संगालेका छन् । उनै योञ्जन अभिनित म बसे लाहुरे पल्टनमा बोलको तामाङ गीत भिडियो सहित सोमबार डिजिटर बजारमा सार्बजनिक गरिएको हो ।

सोमबार बौद्ध नयाँवस्तीस्थित एक होटलमा पत्रकार सम्मेलनकाबिच उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । नेपाल तामाङ संघका पूर्व वरिष्ठ उपाध्यक्ष नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य वीर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन तथा उक्त गीतको भिडियो सार्बजनिक कार्यक्रममा प्रशिक्षक तथा उत्प्रेरक व्यक्तित्व विकासदेव योञ्जन, राष्ट्रिय तामाङ घेदुङ सांस्कृतिक विभागका संयोजक तथा चर्चित गायक तथा संगीतकार अविशेक तामाङ विशेष अतिथिका रुपमा रहेका थिए। त्यस्तै अतिथिको रुपमा नेपाल युवा घेदुङका केन्द्रीय सदस्य डि.पी. लामा तामाङ, पत्रकार संघ भक्तपुरका अध्यक्ष छेडुप तामाङ दोङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेका थिए ।

उक्त गीतमा शब्द श्याम लाल योञ्जनको रहेको छ भने संगीत सुशील तामाङको रहेको छ। गायक प्रमोद कुमार मोक्तान, चर्चित गायिका सुमिना लो र ल्हामु शेर्पाको आवाज रहेको उक्त गीतले लाहुरे जीवनको कथा संगै माया प्रेमको भाव बोकेको देखिन्छ । गीतको भिडियो तर्फ भने कविन योञ्जनको निर्देशनमा श्याम लाल योञ्जन र सञ्जु मोक्तानको अभिनय रहेको छ । भिडियोमा विद्या भूषण मोक्तान, बलराम श्रेष्ठ र मुसुम माया तामाङको पनि अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन कविन योञ्जनकै रहेको छ भने कोरियोग्राफी गंगा ग्लानको रहेको छ ।

कार्यक्रममा सबै अतिथिहरुले गीतको भिडियोमा अभिनय गरेका नव कलाकारकको खुलेरै प्रशंसा गरेका थिए । भने कलाकारिता क्षेत्रलाई रंगीन दुनियाको रुपमा समेत चर्चा गरेका थिए ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्