काठमाडौं । चर्चित गायक तथा संगीतकार अविशेक तामाङको तामाङ सेलो गीत पोङदी नाम्सला साईली–२ भिडियो सहित डिजिटल बजारमा सार्बजनिक गरिएको छ । काठमाडौंको टुँडीखेलमा हुने ल्होछार कार्यक्रमकाबिच उक्त गीतको भिडियो सार्बजनिक गरेका हुन् । सेलो गीतसंगीतको क्षेत्रमा गायक अबिशेक तामाङले यस अघि पोङ्दि नाम्साला साईली भाग एक गत बर्ष मात्रै भिडियो सहित बजारमा ल्याएका थिए । उक्त गीतको अडियो र भिडियो दुवै पक्षलाई दर्शक श्रोताले निक्कै नै मन पराए पछि उनले यो पटक भने भाग दुईलाई फरक तवरले बजारमा ल्याएका हुन् ।
तामाङ सेलो संगै दर्जनौ नेपाली आधुनिक तथा पप गीतहरुमा समेत आफ्नो आवाज दिईसकेका गायक तथा संगीतकार अविशेक तामाङले पछिल्ला समय भने सेलो गीतसंगीतलाई नै फोकस गरेर अघि बढिरहेका छन् । यस अघि माया तिमिलाई भाग १ र भाग दुई, ल्होछार गीत ज्याबा डान्बा, तामाङ प्रेम गीत न त साम्सी, बरगर हाउसरी, पोङ्दि नाम्सला साईली जस्ता निक्कै राम्रा गीतहरु बजारमा ल्याईसकेका मोक्तानले यो पटक भने पोङ्दि नाम्सला साईली भाग दुई छायांकन सम्पन्न गरेर ल्होछारकै दिन सार्बजनिक गरेका हुन् । भाग १ मा मेल फिमेल को ठट्यौली जुहारी सहित प्रस्तुत गरेका तामाङले यो पटक भने एक्लैले साईलीको वर्णन गर्दै फकाउने प्रयास गरेका छन् । यस गीतमा शब्दरसंगीत नै जीवन योन्जनको रहेको छ । गीतमा आवाज अविशेक तामाङको रहेको छ भने चर्चित र्याप ग्रुपका वाई एस के को समेत र्याप समावेस गरिएको छ । गीतको भिडियो तर्फ भने विजय दोङको निर्देशनमा चर्चित नायक सागर घिसिङ, चर्चित मोडल लाक्पा लामा र अम्विका तामाङको ससक्त अभिनय रहेको छ ।
गीतको भिडियोलाई सार्बजनिक गरिएको एक साता नपुग्दै सन्तोषजनक रुपमा माया पाएको पाईन्छ ।
भिडियो हेर्नुहोस…