काठमाडौं । भुम्लु गाउँपालिका–काभ्रेको आयोजनामा भुम्लु गाउँपालिकाको हित र शान्तीका लागि भुम्लु सापिङमा बि.सं.१९११ मा निर्मित पेमा छ्वोइलिङ गुम्बाको प्रमुख लामा सहित अन्य लामा गुरुहरुद्धारा साङ, सेर्ग्याम, मोलमपाठ तथा बृहत सांस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।
मञ्जुश्री सम्वत २८६१ डुल ल्हो (सापुख्री) सर्प बर्ष सोनाम ल्होछारको अवसरमा केही दिन यत्ता स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुले ल्होछार कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा भुम्लु गाउँपालिका–काभ्रेले पनि यहि माघ २६ गते शनिबारका दिन साङ, सेर्ग्याम, मोलमपाठ तथा बृहत सांस्कृतिक कार्यक्रम–२०८१ को आयोजना गर्ने भएको छ । भुम्लु ९ ज्याम्दी दोलालघाट चा खोला पिक्निक स्पटमा हुने उक्त कार्यक्रममा स्थानिय लामा गुरुहरुबाट पुजापाठ सहित विभिन्न ख्यातीप्राप्त कलाकारहरुको संगीतिक प्रस्तुतीले कार्यक्रमलाई थप रौनकता दिने आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा चर्चित सेलो गायक फुलकुमार बम्जन, चर्चित पप तथा सेलो गायक अबिशेक तामाङ, जीवन बम्जन, गीता योञ्जन, लक्ष्मी स्याङ्तान, आर बि.लामा लगायत स्थानीय कलाकारहरुको समेत बेजोड सांगीतिक प्रस्तुती रहने छ । साथै नेपाल तामाङ मौलिक ह्वाईला न्हान को संयुक्त विशेष प्रस्तुती समेत रहने भएको छ ।
https://www.facebook.com/share/v/1AFWkEK88k
