काठमाडौ । तामाङ समुदायले सांस्कृतिक उत्सवको रुपमा मनाउंदै आएको सोनाम ल्होछारको अवसरमा जापानमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । २८६१ डुल/सापुखी (सर्प वर्ष) सुरुवात भएको अवसरमा विगतमा झैं यस वर्ष पनि उल्लासमय वातावरणमा जापानको विभिन्न शहरमा ल्होछार कार्यक्रमको तयारी गरिएको छ ।
नेपालबाट जापान आएर विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका तामाङ समुदायको प्रतिनिधी मुलक संस्था नेपाल तामाङ समाज जापान केन्द्रिय समितीले ल्होछार आयोजना गरेसंगै जापानमा यो पटक ८ ओटा शहरमा ल्होछार कार्यक्रमको तयारी गरिएको आयोजकले जानकारी दिएको छ । नेपाल तामाङ समाज जापानले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ । यसैको निरन्तरता हो यो पटकको ल्होछार कार्यक्रम ।
“संसार भरि छरिएर रहेका सम्पुर्ण तामाङहरु एक होऔं, मौलिक भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवम् सम्वर्द्वन गरौं ।” भन्ने मूल नाराका साथ मन्जुश्री संवत २८६१ सापुख्री, अर्थात (सर्प) ल्हो को अवसरमा सोनाम ल्होछार वृहत सांस्कृतिक कार्यक्रम-२०२५ को आयोजना गरिएको हो। यहि फेब्रुवरी २ तारिखका दिन टोक्यो सिन्जुकु सिटीमा हुने उक्त कार्यक्रमका लागी आयोजक समिति यत्ति बेला धमाधमा व्यवस्थापन र प्रचारप्रसारमा लागेको कार्यक्रम आयोजक संस्था नेपाल तामाङ समाज जापानका केन्द्रिय कार्यसितिका अध्यक्ष कार्साङ तामाङले जानकारी दिएको छ भने अन्य शहरहरुमा हुने कार्यक्रमहरु पनि उत्तिकै व्यवस्थित ढंगले सम्पन्न गर्न गराउन लागिपरेको बताए ।
केन्द्रिय कार्यसितिको आयोजनामा हुने कार्यक्रम संगै जापानस्थित तामाङ समाजका विभिन्न क्षेत्रिय समितिले आयोजना गरेको अन्य ल्होछार कार्यक्रमहरुमा समेत नेपालबाट गएका कलाकारहरुले आफ्ना प्रस्तुतीहरु दिन सहभागी जनाउने बताएका छन तामाङ समाज जापानका केन्द्रिय महासचिव जनक थोकरले । उनका अनुसार जनवरी ३१ तारिखमा जापानको क्युसी सहरमा, बेब्रुवरी १ मा सेन्दाई सहर, बेब्रुवरी २ मा टोक्यो, बेब्रुवरी ३ मा ओसाका, बेब्रुवरी ६ तारिखमा ओकिनावा, बेब्रुवरी ८ मा किता कान्तो र बेब्रुवरी १५ तारिखका दिन नागायो सहरमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
जापानमा हुने उक्त कार्यक्रममा नेपालबाट जाने प्रमुख अतिथि कलाकार लोकप्रिय गायक तथा संगीतकार विश्व दोङ जापान नजाने भए पछि कार्यक्रम आयोजक मात्रै नभएर आम ल्होछारप्रेमी नहानुभावहरुलाई समेत दुखित बनाएको भन्दै आयोजक संस्थाले प्रेस विज्ञप्ति नै जारी गरेको छ । उक्त प्रेस विज्ञप्तिमा जापानमा दर्शकले रोजेको कलाकार विश्व दोङलाई कार्यक्रममा उरयपस्थित गराउन नसकेकोमा जापानवासी सिङ्गो तामाङहरुप्रति क्षेमा याचना गर्दै कुनै पनि हालतमा कार्यक्रमलाई कमजोर हुन नदिने कुरामा समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपालबाट जाने अन्य कलाकारहरुको साथमा जापानमै बसोबास गर्दै आएका अन्य थुप्रै कलाकारहरुको समेत सांगीतिक प्रस्तुतीहरु रहने हुंदा कार्यक्रममा रम्न रमाउन र नाच्न नचाउन समेत आम जापानमा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागि हुनको लागि अनुरोध गरेका छन् ।
यत्ता जापानमा जान नसक्नुको कारण बताउंदै विश्व दोङले भने आफ्नो सामाजिक संजाल मार्फत आफुलाई जापानमा बोलाउने आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै कार्यक्रममा जान नसक्नुमा दुःख व्यक्त गरेका छन् ।


