काठमाडौ । ल्होछार नजिकिए संगै यत्ति बेला धमाधम ल्होछारसंग सम्बन्धित गीतहरु डिजिटल बजारमा सार्बजनिक हुने गरेको पाईन्छ । यसै क्रममा गायक निमा पाख्रीनको ”कोको म्हेन्दो” ल्होछार गीत भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।
पृथ्वी लामाको शब्द रचना रहेको उक्त गीतमा संगीत सानुबाबु घिसिङको रहेको छ । गीतमा आवाजमा भने गायक निमा पाख्रीन र अन्जु थोकरको रहेको छ । पाख्रीनले यस अघि नै ओइ साइली, भकारी बुन्ने, आउ आउ कान्छी, एक्लो यो ज्यान पर्यो जस्ता गीतहरु दर्शक श्रोताहरुमाझ ल्याईसकेका छन् ।
कोको मेहेन्दो बोलको ल्होछार गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देशनमा तामाङ चलचित्रको महानायक अमिर दोङको र अस्मिता तामाङको अभिनय रहेको छ । भिडियोमा कुइसाङ रुम्बा र माया ब्लोनलाई पनि देख्न सक्नेछ ।
भिडियो छायांकन तथा सम्पादन कृष्ण ब्लोनले नै गरेका हुन ।
भिडियो हेर्नुहोस…