18.1 C
Kathmandu

कला/ साहित्यप्रेम योञ्जन लामाको खान्दोके सेलो मै मरी जाउँला सम्झाउँला गीत सार्वजनिक 

प्रेम योञ्जन लामाको खान्दोके सेलो मै मरी जाउँला सम्झाउँला गीत सार्वजनिक 

काठमाडौ । खान्दोके सेलो भाकाका गीत गाउंदै आएका चर्चित खान्दोके सेलो गायक तथा संगीतकार प्रेम योञ्जन  लामाको मै मरी जाउँला सम्झाउँला बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार प्रेम योञ्जन लामाको आफ्नै युट्युवमार्फत उक्त गीतको अडियो सार्वजनिक गरेका हुन् । पेमा योञ्जन र जंगे तामाङको शब्द रचना रहेको उक्त गीतमा संगीत उनै प्रेम योञ्जन लामाको रहेको छ भने आवाज योञ्जन र काजल तामाङको रहेको छ । गीतको अडियो एरेन्ज जोगलाल लामाको रहेको छ मिक्सिङ मास्टरिङ प्रयास दोङको रहेको छ ।

गीत संगीतको क्षेत्रमा हेर्ने हो भने बजारमा पछिल्लो समयमा सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा चल्ने मौलिक  खान्दोके सेलो अर्थात् खान्दोके भाकाको गीतले आफ्नो छुट्टै स्थान रचेको छ। खान्दोके सेलो गीत (अथवा खन्दोके भाका) भन्ने बित्तिकै पुर्खादेखि चलिआएको चलन भन्दा पनि फरक नपर्ला । जहां गाउने गीतहरुमा आफ्नो मौलिकता, संस्कृति, परम्परामा आधारित रहेको हुन्छ। तामाङहरूको बिहे, छेवार, पास्नी (अन्न प्राशन) इत्यादिमा  पनि आफ्नै मौलिक खान्दोके भाकामा  मावली र घर गाउंले बीच आपसमा सवाल जवाफ सहितको जुहारी गाउने गरिन्छ।

चर्चित गायक तथा संगीतकार प्रेम योन्जन मौलिक भाका खान्दोके सेलो गीतहरू ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन सफल एक खान्दोके सेलो युवा गायक तथा संगीतकारको रपपमा चिनिदै आएका छन् । उनी आफै यस्ता मेला महोत्सव अर्थात विहे वर्तमानहरुमा समेत सवाल जवाफ सहित प्रत्यक्ष जुहारी खेल्नमा निक्कै माहिर रहेका छन् । 

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्