काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नमोबुद्ध नगर कमिटीको दोस्रो नगर अधिवेशन शुक्रवार सम्पन्न भएको छ । शुक्रवार र शनिबार गरी दुई दिनको लागि आयोजना गरिएको नगर अधिवेशन शुक्रवार मध्यरातमा नै सम्पन्न भएको हो ।
नेकपा एमाले केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा नगर कमिटीको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा पोलुटब्युरो सदस्य गोकुल वास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल लगायत अन्य नेताहरु समेत अतिथिको रुपमा उपस्थित रहेका थिए ।
छोटो औपचारिक कार्यक्रम सहित उद्घाटन सत्र सम्पन्न पस्चात शुक्रवार राती नै बन्दसत्रमार्फत नगर कमिटीको सर्वसम्मत रुपमा नयां कमिटी चयन भएका हुन् । नेतृत्वका लागि आकांक्षी धेरै भए पनि अन्ततः मध्यरात सम्मको प्रयासले गणेश मोक्तानको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी चयन गरेका हुन् ।
पालिका भित्रका एघारै वटा वडाहरुबाट प्रतिनिति, पर्यव्यक्षक सहित बाक्लो रुपमा स्थानीय नेता तथा कार्यकर्ता सहित सम्पन्न उक्त अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको नगर कमिटी यस प्रकार रहेका छन्ः
अध्यक्ष:- गणेश मोक्तान
उपाध्यक्ष:- कृष्ण बहादुर लामा
सचिव:- सन्जिब ढकाल
उपसचिव:- सम्झना लामा
उपसचिव:- उपेन्द्र अधिकारी
सर्बसम्मत रुपमा चयन भएका नव नगर कमिटीले पद तथा गोप्यनियताको सपथ भने अर्को कार्यक्रम मार्फत ग्रहण गरिने जानकारी दिएको हो ।