15.1 C
Kathmandu

कला/ साहित्य“निस्ठुरीला मायासे” भिडियोमा लुकेको समाज परिवर्तनको कथा

“निस्ठुरीला मायासे” भिडियोमा लुकेको समाज परिवर्तनको कथा

काठमाडौं । चर्चित गायक तथा संगीतकार सन्जीव वाईबाको शब्द, संगीत र आवाजमा सजिएको गीत “निष्ठुरीला मायासे”भिडियो सहित मंगलबार डिजिटल बजारमा सार्बजनिक भएको छ ।

मंगलबार डम्फु मिडियामार्फत सार्बजनिक गरिएको उक्त गीतको अडियो एरेञ्ज प्रस्थान वाइवाले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । गीतको भिडियोतर्फ तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा मोडल प्रयास गोले र प्रिति लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ । भिडियोमा महानायक अमिर दोङ र हास्य कलाकार कुइसाङ रुम्बालाई समेत केही फरक भूमिकामा देख्न सकिनेछ ।

झट्ट हेर्दा भिडियो सामान्य लागे पनि भिडियो भित्र वैदेशिक रोजगारसंग सम्बन्धित समस्या संगै चेलीवेटी बेचबिखनको समस्यालाई समेत उजागर गरेको देखिन्छ । कुनै पनि समाजको प्रभाव वा परिवर्तनमा साहित्य, कला, संगीत, राजनीति तथा धर्मको भूमिका अहं रहन्छ । प्रत्येक मानिसको हृदयमा कलाप्रति एक प्रेम या आनन्द अनुभूतिको भावना विद्यमान रहन्छ । 

दैनिक जीवनको परिस्थितिमा वंशीभूत भएर कलाको निखारता र प्रत्याभूतिमा संगीतले एउटा स्थान ओगटेको हुन्छ । त्यस्तै वर्तमान अवस्थामा समाजमा देखेका केही समस्यालाई समेत उजागर गर्ने प्रयत्न गरेको छ सन्जिव वाईबाको निष्ठुरीला मायासे । 

बढ्दो बेरोजगारको समस्यामा परेका समुदायभित्रकै एक युगल जोडीको प्रेम सम्बन्धमा धोका पैदा भएको भिडियोमा देख्न सकिनेछ । कुनै कुरा छल गर्नु, लुकाउनु, जानकारी नदिई गर्नु वा बताउनु पर्ने कुरा नबताउनु नै धोका हो । तसर्थ सबै भन्दा पहिला हांस्य कलाकार कुईसाङ रुम्बाले छलकपट गरेर/ढांटेर धोका दिएको देखिन्छ भने त्यसपछि रुम्बाको छल कपटमा परेर एउटा प्रेमीकाले आफ्नो सन्बन्धमा रहेको मानिसलाई नै पारिवारिक कुरा नबताउने, घरबाट निस्केर जाने र आफ्नो प्रेमलाई नै तोडेर धोका दिएको देखिन्छ । यी सबै हुनुमा बेरोजगारको समस्य मात्रै नभएर चेलिबेटी बेचबिखन जस्ता जगन्य अपराध पनि रहेको देखिन्छ ।यस्तै यथार्थलाई चित्रण गर्न खोजेको देखिन्छ निष्ठुरी मायासे नामक गीतको भिडियोले ।

भिडियो हेर्नुहोस…..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्