समाचारधोवी खोलाले चालक सहित ट्याक्सी बगाए, चालकको उद्धार

धोवी खोलाले चालक सहित ट्याक्सी बगाए, चालकको उद्धार

काठमाडौं । आइतबार बेलुका परेको भारी वर्षातको कारण काठमाडौंको अनामनगर स्थित धोवी खोलाले चालक सहित ट्याक्सी बगाएको छ।

मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब ८ बजेतिर ट्याक्सी चालकसहित खोलामा खसेको हो ।घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेका थिए भने ट्याक्सी खोलाले बगाएर लगेको छ। 

अहिले ट्याक्सी सूर्यकार्पेट नजिकै करिडोरको थापाथली बानेश्वर जोड्ने पुलमुनि अड्किएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्