30.1 C
Kathmandu

कला/ साहित्यप्रथम मिस्टर तामाङ-२०२४ को ग्रैण्ड फिनाले आज हुंदै ! को बन्ला पहिलो...

प्रथम मिस्टर तामाङ-२०२४ को ग्रैण्ड फिनाले आज हुंदै ! को बन्ला पहिलो मिस्टर तामाङ ?

काठमाडौं । “तामाङ कला र प्रतिभाको सम्मान” भन्ने नाराका साथ मम्स ईन्टरनेशनल नेपालले आयोजना गरेको प्रथम मिस्टर तामाङ-२०२४ को आज ग्रैण्ड फिनाले हुने भएको छ ।

आज ४ बजे काठमाडौ स्थित सँस्कृतिक संस्थान जमल राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रमका साथ प्रथम मिस्टर तामाङ-२०२४ को ग्रैण्ड फिनाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था मम्स ईन्टरनेशनल नेपालका अध्यक्ष एवम् नायिका रन्जिता ब्लोनले नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो ।

आज सम्पन्न हुन लागेको उक्त कार्यक्रममा प्रथम मिस्टर तामाङ -२०२४ का लागि १५ जना युवाहरुले आफ्नो कला, प्रतिभा र क्षमता सहित प्रतिस्पर्धामा उत्रनेछन् । १५ जना प्रतियोगीगहरुमा झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका छन् । त्यसै गरी नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेका छन् । दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङले आज सम्पन्न हुने ग्रैण्ड फिनालेमा उच्च प्रतिस्पर्धा गर्नेछन् ।

२०८१ बैशाख १३ गते सम्पन्न अडिशन राउण्डमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्दै ३० जना प्रतियोगीहरु सहभागी रहेका थिए भने हाल फिनाले सम्म आईपुग्दा जम्मा १५ जना प्रतियोगीहरु रहेका छन् । प्रतियोगीहरुलाई अडिशन राउण्डबाट नै विभिन्न बिषयमा प्रशिक्षण दिदै आएको मम्स ईन्टरनेशनलका अध्यक्ष रन्जिता ब्लोनले बताए । उनका अनुसार प्रतियोगीहरुलाई आतमविश्वास क्षमताको विकास, विभिन्न बिषयमा बोल्ने क्षमताको विकास संगै तामाङ भाषा, धर्म संस्क्रिति संगै बोन धर्मको बिषयमा समेत आधारभुत ज्ञानहरु दिईसकेको छ । उनले भने “यत्ति मात्र नभएर हाल तामाङ समुदायको राजनितिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाको बारेमा समेत डाटा संकलन गरि सो को जानकारी गराएर निर्धक्कले बोल्न सक्ने र आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने बनाएका छौं । आजको फिनालेमा प्रितियोगीहरु मध्यबाट कस्ले आफ्नो क्षमता/प्रतिभा देखाउन सक्छ त्यही बमोजिम भोटिङ र निर्णायकको मार्किङको आधारमा नै प्रथम मिस्टर तामाङको घोषणा हुनेछ । “

आज हुने प्रथम मिस्टर तामाङको ग्रैण्ड फिनालेमा उपस्थित दर्शकहरुलाई मनोरन्जन दिनका लागी १५ जना प्रतियोगीहरुको संयुक्त प्रस्तुतीहरु रहेका छन् । जसका लागि न्रित्य निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङले गरेका छन् । प्रतियोगीहरुको प्रस्तुती संगै कार्यक्रमलाई भरपुर मनोरन्जन दिनका लागी अन्य थुप्रै कलाकारहरुको समेत सांगीतिक प्रस्तुतीहरु रहने आयोजकले बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्