25.1 C
Kathmandu

कला/ साहित्यनायिका केकी अधिकारी र आश्मान वाईबाको सम्बन्धमा दरार उत्पन्न (सन्दर्भः आफ्नै धड्कन)

नायिका केकी अधिकारी र आश्मान वाईबाको सम्बन्धमा दरार उत्पन्न (सन्दर्भः आफ्नै धड्कन)

काठमाडौं । नेपाली चलचित्रका चर्चित नायिका केकी अधिकारी र तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेशका अध्यक्ष आश्मान वाईबा बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । यो घटना वास्तबिक जीवनमा नभएर नेपाली गीत ‘आफ्नै धड्कन’को दृश्यमा रहेको छ ।

शनिबार चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको आश्मान वाईबाको नेपाली गीत ‘आफ्नै धड्कन’मा नायिका केकी अधिकारी र आश्मान वाईबाको सम्बन्धमा दरार उत्पन्न भएको दृश्य देखाईएको छ । सांचो मनले निस्वार्थ रुपमा गरिएको मायामा आफ्नै प्रेमिकाबाट विश्वासघात गरेपछि आफ्ना विगत सम्झदै वर्तमानमा पिडा खेपिरहेको दृश्यले प्रेममा धोका पाउनेहरुका मन र मस्तिष्कमा सायदै नछोला भन्न सकिन्न । आफ्नैले धोका दिएपछि घाईते मन बोकेर बियोग खेपिरहेको वाईबाको अभिनयले यो पटक दर्शकको मन जित्न सफल भएको छ । यत्ति मात्र नभएर यो गीतको भिडियोमा सांचो माया गर्नेलाई धोका दिएर अरुसंग लाग्दाको नतिजा फेरी केकी अधिकारीले पनि धोका पाएको दृश्य देखाईएको छ ।

हुन त बजारमा थरिथरिका प्रेम गीतहरु संगै बियोगान्तका गीतहरु सार्बजनिक हुने गरेका छन् । गीतको भिडियोमा माया, प्रेम, मिलन र बिछोडका कथावस्तुलाई आ-आफ्नै ढंगले प्रस्तुत गरेका पाईन्छन् । आस्मान वाईबाको आफ्नै धड्कनमा पनि माया प्रेम पछि पाएको धोकालाई मन छुने ढंगले कैद गरेको पाईन्छ ।

टेक तामाङको शब्द रचना रहेको उक्त गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने चर्चित गायक स्वरूपराज आचार्यको स्वर रहेको छ । गितको भिडियो तर्फ भने निकेश खड्काको निर्देशनमा आश्मान वाईबा तामाङको साथमा नायिका केकी अधिकारी र सनम कथायतको अभिनय रहेको छ ।

भिडियो छायाङ्कन उत्तम हुमागाई, सह छायाँङ्कन कुलप्रसाद हुमागाईको रहेको छ । क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाई रहेका छन । भिडियोको दृश्य तथा रंग सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्