23.1 C
Kathmandu

कला/ साहित्यकोको म्हेन्दो साहित्य समाजको आयोजनामा मातृभाषा साहित्य रचना तथा वाचन कार्यक्रम सम्पन्न

कोको म्हेन्दो साहित्य समाजको आयोजनामा मातृभाषा साहित्य रचना तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौ । गणतन्त्र दिवसको अवसर पारेर कोको न्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ‘तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श ‘ कार्यक्रम सम्पनन् भएको छ । कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको हो । आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्माो लामाको प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष दीपक वाईबा तामाङकाो अघ्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि लामाले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै कोको म्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम तथा गतिविधिहरु सह्रनीय रहेको र कुनै पनि समुदायले साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा, संस्कार र संस्कृति पनि समृद्ध हुने बताए । नेपालका आदिवासी समुदाय गणतन्त्रका पक्षधर रहेकाले हरेक जातजातिको भाषा लिपी संस्कार संस्कृति समानरूपले फुल्न फुलाउन यसलाई सम्पन्न तुल्याउन हाम्रो तर्फबाट पनि निरन्तर सकरात्मक प्रयास रहनुपर्ने कुरामा प्रमुख अतिथि लामाले जोड दिएका थिए।

कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, राम बहादुर ब्लोन ‘ शिबु’, साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गरेका थिए । नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य अन्जना डुम्जन र सञ्चालन सचिव मिनमाया डुम्जनको रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्