25.1 C
Kathmandu

कला/ साहित्यतामाङ महानायक अमिर दोङसंग अस्मिता लामाको ओझिलो डेब्यू !

तामाङ महानायक अमिर दोङसंग अस्मिता लामाको ओझिलो डेब्यू !

काठमाडौ । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको तामाङ प्रेम गीत “ह्वाम्ला मायासे ब्याक अगेन” अफिसियल भिडियो सहित डिजिटल बजारमा आएको छ ।पछिल्ला समय तामाङ चलचित्रको निर्माताको रुपमा चिनिएका नव पुस्ताका निर्माता पेमा लामा योन्जनको “ह्वाम्ला मायासे ब्याक अगेन” मंगलबार डम्फु मिडियामार्फत भिडियो सहित बजारमा आएको हो ।

ह्वाम्ला मायासे ब्याक अगेनमा तामाङ चलचित्रका महानायक अमिर दोङसंग यो पटक अस्मिता लामाले ओझिलो डेब्यू पाएकि छिन् । गीतको शब्द, संगीत देखी अडियो निर्माणको चरणमा नै निक्कै मिहनतका साथ राम्रो खजनाको रुपमा तयार पारेको उक्त गीतको भिडियो राम्रै बनाउने तयारी रहेको महानयकद्वय दोङसंग अस्मिताले पहिलो पटक अभिनय क्षेत्रमा ईन्ट्री पाउनु निक्कै ओझपूर्ण रहेको देखिन्छ । उसो त अस्मिताले पनि जीवनकै पहिलो पटक अमिर दोङसंग अभिनय गर्न पाउनु सौभाग्य ठान्दै खुशी व्यक्त गरेकि छिन् । यद्यपि दोङले आफुसंग डेब्यू गराएका मोडल यो पहिलो र नौलो भने होईन । उनले थुप्रैलाई अभिनय क्षेत्रमा डेब्यू गराएका छन् । तसर्थ कलाकार छनौटमा ध्यान नदिएको भन्ने खालका आलोचना पनि उनले खेप्नु परेको देखिन्छ । केही दिन अघि मात्रै नायिक एलिना राईमाझीलाई समेत उनले तामाङ गीत बौद्ध नयांवस्तीमा रोमान्चक ढंगले डेब्यू गरेको छ ।

तामाङ चलचित्रमा दुई दशक लामो समय देखि निरन्तर लाग्दै आएका अमिर दोङले केही बर्ष यत्ता तामाङ चलचित्रमा मात्रै नभएर गीतसंगीतको ईन्डस्ट्रीमा समेत आफ्नो वर्चस्व कायम गर्दै आएका छन् । नेपाली तथा तामाङ चलचित्रमा समेत नायक/निर्देशकको रुपमा दर्शकको मन जित्न सफल तामाङ चलचित्रका महानायक अमिर दोङ पछिल्ला समय म्युजिक भिडियोमा निक्कै व्यस्त देखिन्छन् । धिम ङाला गहत्ते रोशी स्योङ उनि अभिनित गीत गत साता मात्रै सार्बजनिक भएको थियो भने बौद्ध नयांवस्ती लगायतका अन्य केही गीतको छायांकन सकेर पोस्ट प्रोडक्सनको कामहरु धमाधन भैरहेको देखिन्छ ।

मंगलबार डम्फु मिडियामार्फत सार्बजनिक गरिएको ह्वाम्ला मायासे ब्याक अगेनमा शब्द संगीत नेपाल तामाङ कलाकार संगका अध्यक्ष चर्चित गायक तथा संगीतकार विशाल काल्तनको रहेको छ भने आवाज चर्चित गायीका जितु लोप्चन र अध्यक्षद्वय काल्तनकै रहेको छ । दिपेश प्रधानले अडियो एरेन्ज र मिक्सिङ गरेको उक्त गीतको भिडियोतर्फ भने महानयकद्वय अमिर दोङको निर्देशनमा नव मोडल अस्मिता लामीको साथमा आफैले अभिनय गरेको छ ।

भिडियो छायांकन, सम्पादन र कलरिङको साथै ड्रोन उडानको जिम्मवारी समेत पुर्ण रुपमा बिक्रम मोक्तानले बहन गरेका हुन् भने पोस्ट प्रोडक्सनको सम्पूर्ण काम हाम्रो सेलो घरको रहेको छ ।

भिडियो हेर्नुहोस….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्