30.1 C
Kathmandu

अन्तर्राष्ट्रियबुद्ध जयन्तीको अवसर पारेर रोमानियामा दोस्रो पटक शान्तिपूर्ण ऱ्याली सम्पन्न

बुद्ध जयन्तीको अवसर पारेर रोमानियामा दोस्रो पटक शान्तिपूर्ण ऱ्याली सम्पन्न

काठमाडौं । बुद्धिस्ट कग्यू एसोसिएसन रोमानियाको संयोजकत्व र नेपाल तामाङ घेदुङ रोमानियाको आयोजनामा रोमानियामा बुद्ध जयन्तिको अवसर पारेर भव्यताका साथ दोस्रो पटक शान्तिपूर्ण ऱ्याली सम्पन्न भएको छ।

बुद्ध जन्मिएको दिन, बुद्धत्व प्राप्त भएको दिन र परिनिर्बाण भएको पबित्र तिथिमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल नाराका साथ सम्पूर्ण प्राणी जगतको कल्याणको निमित्त र बिस्वमा शान्ति फैलियोस भन्ने कामनाका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले बताए । आयोजकका अनुसार शान्तिपूर्ण ऱ्याली बुकारेस्टको प्याचा युनिवार्सिताते बाट आचार्य लामा मिग्मार ड्राकपो रेपाको साथमा नेपाल तामाङ घेदुङ रोमानियाको प्रमुख लामा क्षेग्याल दाङ्सोङ लामा, नेताघेरोका बरिस्ठ सल्लाहकार सुरेन्द्र लामाद्वारा साङ मोलम गरि शान्तिपूर्ण ऱ्याली सुरु गरिएका थिए ।

उक्त ऱ्याली युनिवार्सितातेबाट सुरु भै प्याचा रोमाना हुंदै प्याचा भिक्टोरिमा पुगी पूजा पाठका साथ समापन भएको नेताघेरोका अध्यक्ष फुर्साङ लामाले बताए । उनका अनुसार उक्त ऱ्यालीमा झन्डै ३०० जना नेपाली र रोमानियान बुद्धिस्टको सहभागिता रहेका थिए । युरोपेली मुलुक रोमानियामा करिब १५० जना भन्दा धेरै बुद्धिस्टहरु रहेको कग्यु रोमानियाका अध्यक्ष लुलिया अप्रीसनले बताएका छन् । कार्यक्रममा रोमानियामा बिभिन्न पेशा, ब्यबासयी गरेर बसेका नेपालीहरुका साथै तमु समाज रोमानिया, नेपाल किरांत समाबेसी समाज रोमानिया, मगर समाज रोमानिया, नेपाली चर्च बुकारेस्ट, नेपाली समाज रोमानिया, निबर्तमान अवैतनिक बाणिज्यदुत, नबराज पोखरेल, गैर आबसिय नेपाली समाज र विभिन्न कार्यक्षेत्रमा आबद्ध रहेका नेपाली हरुको सहभागिता रहेका थिए । समाजसेबी आशा लामा ब्लोन, समाजसेबी शोभा मानन्धर र गोपाल छेत्रीले कार्यक्रममा पानी तथा जुस वितरण गरेका थिए।

कार्यक्रमको दिन करिब ३ घण्टा सम्म त्यहाका प्रहरी प्रशासनले शान्तिपूर्ण ऱ्यालीमा शान्ति सुरक्षा दिएका थिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्