30.1 C
Kathmandu

समाचारपोखरा महानगर घेदुङले कास्की जिल्लाबाट नवनिर्वाचित गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई गरे सम्मान

पोखरा महानगर घेदुङले कास्की जिल्लाबाट नवनिर्वाचित गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई गरे सम्मान

काठमाडौं । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको आयोजनामा कास्की जिल्लाबाट नवनिर्वाचित गण्डकी प्रदेश घेदुङका पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै संघिय उपाध्यक्ष दीपक वाईबाले भने–संख्यामा तामाङ समुदाय नेपालका आदिवासी जनजाति मध्ये तेस्रो ठूलो जनसंख्या भएको जाती भए पनि नेपालको राजनीतिक, आर्थिक,प्रशासनिक, शैक्षिक लगायत राज्यको महत्त्वपूर्ण अंगहरुमा आज पनि तामाङको पहुँच एकदमै नगन्य मात्रमा रहेको साथै उहाँले यति ठुलो संख्यामा रहेको एउटा जाती देशको राजनैतिक, आर्थिक,शैक्षिक, प्रशासनिक, साँस्कृतिक हिसाबले समेत कमजोर हुनु भनेको तामाङ मात्र नभएर सिङ्गो देश नै पछि पर्नु हो, सधैं एउटै गतिमा कुनै पनि संघ संस्था वा संगठन चल्दैन, उत्तरचढावको सामना जहाँ पनि गर्नुपर्ने हुन्छ जुन समय अनुसार आवश्यक पनि छ तर समस्या उत्पन्न भएपछि पछाडि हट्ने होइन जहिले वाद विवाद र अन्त्यमा संवादद्वारा पुन गतिशील हुनुपर्ने कुरामा उनले जोड दिए ।

नेपाल तामाङ घेदुङ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा नेपाल तामाङ घेदुङ कास्की जिल्लाबाट प्रतिनिधित्व गरी निर्वाचित हुनु भएका व्यक्तित्वहरुको सम्मानार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो । समितिले हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष राम बहादुर ब्लोन तामाङ, सचिव मनिष माम्बा र सदस्य प्रेम लोप्चनलाई सम्मान गरेको थियो।उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ,केन्द्रीय पुर्व सदस्य हरिमान थिङ, केन्द्रीय पुर्व का.वा.अध्यक्ष कुम बहादुर योञ्जन लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए भने सम्मानित व्यक्तित्वद्वय गण्डकी प्रदेशका नवनिर्वाचित सचिव मनिष माम्बा तामाङ र उपाध्यक्ष राम बहादुर ब्लोनले पनि आ(आफ्नोतर्फबाट मन्तव्य व्यक्त गरेका थिए।

यसै गरी संस्थाले आफ्नो माताहतका र इकाईहरु रिठ्ठेपानी तामाङ इकाई समिति र सिम्पानी तामाङ इकाई समितिका नवनिर्वाचित अध्यक्ष पूर्ण शिला स्याङ्बो र विर बहादुर थोकरलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कविता योन्जनको रहेको थियो भने कार्यक्रम सन्चालन संस्थाकी सचिव अन्जना डुम्जनले गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्