25.1 C
Kathmandu

कला/ साहित्यदुध घिउ ख्वाएर बनाएको जिउले अन्तमा देखाई दिए अर्कै हर्कत !

दुध घिउ ख्वाएर बनाएको जिउले अन्तमा देखाई दिए अर्कै हर्कत !

काठमाडौं । दुध घिउ ख्वाएर जिउ लाग्ने बनाउला भन्दै अन्तमा आरम्भ तामाङले रोहनीलाई गर्ववती बनाइएको दृश्य व्यङ्गात्मक ढंगले प्रस्तुत गरेको सेलो गीत जिउ लाग्ने भिडियो सहित सार्बजनिक भएको छ । मंगलबार पि.एस. कृयशनको प्रस्तुती रहेको सेलो गीत ‘जिउ लाग्ने’ पि.एस.युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

प्रायजसो गाउँघरको बर्तमान अवस्थामा दुग्ध डेरीकै कारण मोही पार्न र घिउ बनाउने दृश्य हेर्न प्राय असम्भव जस्तै भैसकेको अवस्थामा छ । यो अवस्थामा ‘जिउ लाग्ने’मा भने गाउँघरमा घरेलु तवरले मोही पार्ने दृश्य मात्रै नभएर छिमेकीलाई समेत मोही लिन आउनु भन्दै कराएको दृश्यले साँच्चै नै गाउँघरको मौलिकतालाई जुरुक्क उठाएको देखिन्छ । भिडियोको सुरुवाती चरणमा निक्कै सकरात्मक र कलात्मक ढंगले प्ले हुने ‘जिउ लाग्ने’को भिडियोको मध्य भाग र अन्त भागमा देखाइएको दृश्यलाई भने आम दर्शकले कुन दृष्टिकोणले हेर्ने हुन् ? गीत संगीत समुदायको एउटा ऐना हो जहाँबाट हर कुरालाई सुक्ष्म ढंगले नियाल्ने गर्दछन् । अझ भनौं हरेक बिषयलाई गीतसंगीतकै माध्यमबाट आम जनमानसमा रोचक र कलात्मक ढंगले छर्लङ्ग पार्ने गर्दछन् । तर ‘जिउ लाग्ने‘को भिडियोमा भने गीतले मागेको भन्दा फरक खालका दृश्यहरु कैद गरेको देखिन्छ । गीतको केही अंश प्ले भैसकेपछि मर्दको छोरो हो भने च्याङ्बा लैजाउ दस्तुर गनेर भन्ने लयसंगै भिडियोमा देखाईएको दृश्य दर्शकले कसरी बुझ्लान ? मर्दको छोरो भन्ने शब्द प्रयोग गरिएका थुप्रै गीत अनि भिडियोहरु हेर्दा प्राय पाखुरा मुसार्छन् तर यो गीतमा भने अर्कै दृश्य देखाइएको छ । हुन त यो मोडनाइजेशनको युग हो । समय संगै हर कुराहरु परिमार्जन हुंदै जान्छन् तर परिमार्जको नाममा परिवर्तन नै गर्नू चाही गलत हो ।

भिडियोले तामाङ पोषाक सहित मौलिकता झल्काउनु यसको सुन्दर पाटो हो भने मोडनाईजेशनको नाममा सेलो गीतको भिडियोमा केही दृश्य गीतले मागेको भन्दा अलग ढंगले प्रस्तुत गरेको देखिन्छ । हुन त सायद निर्देशन पाटोको नयाँपन दिने सोच होला । सेलोमा पनि डान्सिङ गीतमा नृत्य अत्यन्तै राम्रो ढंगले प्रस्तुत गरेको देखिन्छ तर भिडियोको केही अंश भने सोचनिय रहेको देखिन्छ ।

मंगलबार सार्बजनिक भएको उक्त गीतको शब्द चर्चित गीतकार कुमार स्याङ्बाको रहेको छ भने संगीत छेटुप लामा मोक्तानको रहेको छ । गीतमा सुमधुर आवाज भने चर्चित गायक शुरेश लामा र आवाजका धनि गायीका निर्मला घिसिङको रहेको छ । गीतको भिडियोतर्फ भने पछिल्ला समय डान्सिङ गीतहरुमा फरक तवरले कलाकारहरुलाई प्ले गराउन सफल निर्देशक प्रतिक ङ्यासुरको निर्देशन तथा कोरियोग्रफमा आरम्भ तामाङ र रोहनी लामाको अभिनय रहेको छ । केही दृश्यमा भने शुभ लामालाई समेत उभ्याईएको छ । आरम्भ तामाङ आफैमा कुशल म्हेन्दोमाया गायक मात्रै नभएर म्हेन्दोमाया कलाकार संघको अध्यक्ष रमेत रहेको छ ।

भिडियो छायांकन जिवन बास्कोटा(सुन्दर) ले गरेका हुन भने सम्पादन तथा कलरिङ अमृत चापागाईको रहेको छ ।

भिडियो हेर्नुहोस…..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्