19.1 C
Kathmandu

समाचारलोकप्रिय कार्यक्रम म्हेन्दोलाफोलेले गरे फाउन्डेसन घोषणा संगै वेबसाइटको प्रक्षेपण

लोकप्रिय कार्यक्रम म्हेन्दोलाफोलेले गरे फाउन्डेसन घोषणा संगै वेबसाइटको प्रक्षेपण

काठमाडौं । एनटिभि-२ मा २०६५ साल देखि लामो समय सम्म संचालन गरिएको लोकप्रिय कार्यक्रम म्हेन्दोलाफोलेले औपचारिक रुपमा म्हेन्दोलाफोले फाउण्डेसनको उद्घाटन गरिए संगै आधिकारिक वेबसाइटको समेत प्रक्षेपण गरिएको छ ।

हाल टेलिभिजन कार्यक्रमलाई स्थगित गरेर डिजिटल प्लेटफार्म मार्फत पोडकास्टको रुपमा संचालन गर्दै आएको कार्यक्रम म्हेन्दोला फोलेले मंगलबार काठमाडौं जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न एक कार्यक्रमका बिच विधिवत रुपमा म्हेन्दोला फोले फाउण्डेसन र अफिसियल वेबसाईटको सार्बजनिक गरिएको हो । वाग्मती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थबहादुर लामाको प्रमुख आतिथ्यतामा सन्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरु संगै संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेका थिए ।

समाजमा विद्यमान स्रोतलाई एकिक्रित गरी समुदाय परिचालनको प्रक्रियाद्वारा समाजको समग्र विकासमा टेवा पुर्याउने उदेश्यका साथ स्थापना गरिएको म्हेन्दोलाफोले फाउण्डेसनको हरेक गतिविधिहरुलाई फाउण्डेसनको आधिकारिक वेबसाइट ‘म्हेन्दोलाफोले डट ओआरजी’ मा हेर्न सकिने फाउण्डेसनका अध्यक्ष एवम् म्हेन्दोलाफोले पोडकास्टका संचालक सुनिल लामाले बताए ।

म्हेन्दोलाफो कार्यक्रमका संचालक एवम् नव गठित म्हेन्दोलाफोले फाउण्डेसनका अध्यक्ष सुनिल लामा आफैमा तामाङ चलचित्रका नायक तथा गायकको रुपमा समेत समुदायस्तरमा परिचित व्यक्ति हुन् । फाउण्डेसनको संरचना र आबद्ध व्यक्तित्वहरुको नाम हेर्दा विभिन्न क्षेत्रहरुमा बेग्ला बेग्लै क्षमता बोकेका क्षमतावान व्यक्तिहरु रहेको देखिन्छ । फाउण्डेसनको अध्यक्ष आफैमा कलाकार संगै संचारको क्षेत्रमा समेत उत्तिकै परिचित व्यक्ति हुन् । त्यसै गरि कमल लामा, जगति तामाङ, ईन्द्र कुमारी गोले तामाङ, राम तामाङ, कुन्साङ तामाङ, सागर तामाङ, पदमलाल लामा र शान्ति लामा तामाङ फाउण्डेसनका सदस्यमा आवद्ध रहेका छन् ।

त्यसै गरि फाउण्डेसनको संरक्षकमा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिर्थ बहादुर लामा रहेको छ भने सल्लाहकारमा अजितमान तामाङ, प्रदिप बम्जन, प्रतिक ङ्यासुर, चन्द्र कुमार मोक्तान र बिकाश देव योन्जन जस्ता क्षमतावान व्यक्तिहरु रहेको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्