20.1 C
Kathmandu

समाचारसारा खबरले प्रकाशन गरिएको नयाँ साल २०८१ को भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

सारा खबरले प्रकाशन गरिएको नयाँ साल २०८१ को भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

काठमाडौं । डिजिटल सञ्चारको दुनियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्मको विभिन्न घटना र विषयहरुमाथि एकै साथ हेर्न पढ्न र सुन्न सक्नै गरि हरेक खालका समाचारहरु सम्प्रेषण गर्दै आएको सारा खबर डट कमले नेपाली नयाँ साल २०८१ को भित्तेपात्रौ प्रकाशन गरि सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित हाम्रो सेलो घरको हलमा एक कार्यक्रमका बिच सारा खवरले भित्ते पात्रो सार्वजनिक गरेको हो ।

सारा खबरका सञ्चालक तथा सम्पादक हाल अमेरीकामा रहेर पनि सह सम्पादक डि.बि.पराजुलीसंग समन्वय गरेर नयाँ सालको भित्तेपात्रो बिमोचन गरेका हुन् । स्थानीय तहमा भए गरेका बिकृती संगै विकास निर्माण लगायतका विषय र राजनितिक घटनाक्रम र गीत संगीत तथा चलचित्र क्षेत्रलाई समेट समेटिएर समाचारहरु तयार पादै आएको सारा खबरका सञ्चालक हाल अमेरिकामा नै रहेर पनि मिडियालाई निरन्तर रुपमा अपडेट गर्दै आएका छन् ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठमने प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनबाट सारा खवरको भित्तेपात्रो बिमोचन गरेका हुन् । वि।सं।२०८१ को आगमन संगै भित्तेपात्रो सार्वजनिक कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के।सी।,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल, मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, सामाजिक अभियन्ता लिला खनाल, तुफान मगर, शिवहरी खनाल, मोडल तथा नायीका निर्मला मोक्तान, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङ, तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले साराखवरले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजका बिकृति, बिसंगति,अन्याय, अत्याचार तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पुर्ण साथ र समर्थन रहने बताउनु भयो । यो समाज रुपमन्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्