20.1 C
Kathmandu

भिडियोडा.शाहकाे नयाँ लभ स्टाेरी गीत`पहिलो भेटमै´सार्वजनिक

डा.शाहकाे नयाँ लभ स्टाेरी गीत`पहिलो भेटमै´सार्वजनिक

काठमाडौं । नयाँ लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक भएको छ । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुति रहेकाे उक्त गीत आज डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे ।

भनिन्छ नि फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ । गीतमा पहिलो भेटमै माया बस्नुका साथै मनले सधैं पहिलाे भेटमा भेटिएकिलाई जिन्दगीभर खाेजिरहेकाे कुरा व्यक्त गरेको देखिन्छ ।

प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यका साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले प्रस्तुत भएको उक्त गीत पहिलाे भेटमै नजर जुध्याे आज बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन बिहान ८ बजे सार्वजनिक गरिएकाे हाे।

राजु कार्कीको एरेञ्ज रहेको गीतमा समिर सिटौलाले स्वर दिएका छन् । उक्त गीतको शब्द रचना डा. शाहकै रहेकाे छ भने सङ्गीत तोरेम्पा हाङ्गले गरेका छन् ।

लामाे समय देखि सामाजिक काममा सक्रिय बोलोचौक बिकास समितीका अध्यक्ष समेत रहेका डा. धर्मेन्द्र कुमार शाहले आगामी दिनमा नव प्रतिभाहरूकाे खाेजीमा समेत सहयोग पुग्ने भएकोले आफुले गीत निर्माण गरेकाे बताए । गीतकाे रेकर्डिङ भने स्टुडियो किंङमा गरिएको थियाे ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्