18.1 C
Kathmandu

ब्रेकिङ समाचारघरको मुल ढोकामा बम राखेर काभ्रेमा अज्ञात समुहले काट्यो मालाको बोट

घरको मुल ढोकामा बम राखेर काभ्रेमा अज्ञात समुहले काट्यो मालाको बोट

काठमाडौं । काभ्रेको रोशी गाउंपालिका वडा नं ५ स्थित नागवेलीमा रहेको बहुमूल्य बुद्धचित्त मालाको बोट गए राति अज्ञात समुहले काटिदिएका छन् ।

गएराती ठकुरानी तामाङको घरको मुल ढोकामा नै विस्पोटक पदार्थ राखेर मालाको बोट जरै देखी तहसनहस हुने गरि काटिएको सुचना आज बिहानै बाट सामाजिक संजाल भरि रंगिएका छन् । बिहीबार राती अज्ञात समुहले स्थानीयको घरमा सकेट बम राखी मालाको बोट काटेको बताईएको छ । हरेक बर्ष करोडौं रुपैयांमा बेच्दै आएको मालाको बोट गएराति तहसनहस हुनेगरी जरै देखि काटिएको हो । मालाको पुरानो बोट काट्नको लागी तिन वटा घरको मुल ढोका मा नै ४ वटा सकेट वम राखिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाए ।

विशेष गरि बौद्धमार्गीहरुले माला जप्नकै लागी प्रयोग गरिने बोधिचित्त माला एक बोटको नै करोडौं रुपैयां सम्म बच्ने गर्दछन । हरेक बर्ष बोधिचित्त मालाको सिजन लागे संगै उक्त मालाको बोटलाई लिएर डरलाग्दो घट्नाहरु घट्दै आएका थिए । यस अघि दुई चोटी सम्म लुटपाट गरिएको उक्त घरधनीको माला बेला बेलामा विवादकै कारण चर्चामा थिए ।

नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान संगै सेनाको टोलीले बम डिस्पोज गर्ने तयारी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्