19.1 C
Kathmandu

कला/ साहित्यपर्यटन बोर्डको संचालक समिति सदस्यमा राजेन्द्र लामा सहित तीन जना नियुक्ति

पर्यटन बोर्डको संचालक समिति सदस्यमा राजेन्द्र लामा सहित तीन जना नियुक्ति

काठमाडौ । नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा काभ्रेका राजेन्द्र लामा सहित तीन जना नियुक्ति गर्ने निर्णय भएको छ । निर्णय बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धादिङका रामप्रसाद (कमल) सापकोटा, काभ्रेका राजेन्द्र लामा र कास्कीका ऋषिराम भण्डारी लाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन पर्यटनमन्त्री सुदन किरातीको पालामै ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सदस्य नियुक्तिका लागि सिफारिस भएका पाँच जनामध्येबाट तीन जनालाई सदस्य बनाइएको हो ।
नियुक्ति भएका तीन जनामध्ये साकोटा बोर्डको उपाध्यक्ष बन्ने सम्भावना प्रवल रहेको छ । यसैबीच, बोर्डको नयाँ सीईओ नियुक्ति प्रकृया अभिलम्ब अगाडि बढाइने पर्यटनमन्त्री हित बहादुर तामाङले बताउदै आएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्