29.1 C
Kathmandu

कला/ साहित्यसुशिल लामा र मेलिना राईको आवाजमा माया लैलै सार्बजनिकः भिडियोमा मिस तामाङ...

सुशिल लामा र मेलिना राईको आवाजमा माया लैलै सार्बजनिकः भिडियोमा मिस तामाङ रिया लामा

काठमाडौ । गायक सुशिल लामा तितुङको नेपाली गीत माया लैलै भिडियो सहित सार्बजनिक भएको छ । चर्चित गायिका मेलिना राई र सुशिल लामा तितुङको सुमधुर आवाज रहेको उक्त गीतको म्युजिक भिडियो बिहीबार ओ.एस.आर डिजिटलमार्फत सार्बजनिक गरिएको हो ।

बिपिन मर्मको शब्द रचना रहेको माया लैलै मा संगीत प्रकाश लामाको रहेको छ भने आवाज युवा गायक सुशिल लामा तितुङको साथमा चर्चित गायिका मेलिना राईको रहेको छ । गीतको अडियो एरेन्ज बिशम आचार्यको रहेको छ ।साजन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ भने साजन शहाले गरेका हुन् ।

गीतको भिडियो तर्फ मिस तामाङ २०२४ का विजेता रिया लामाको साथमा गायकद्वय सुशिल लामा तितुङको अभिनय रहेको छ । विकाश प्रसाईको निर्देशन र राजिव समिरको कोरियोग्राफि रहेको गीतको भिडियो छायांकन जनक देवकोटाले गरेका हुन भने भिडियोको द्रिश्य र रंग सम्पादन विकाश प्रसाईले गरेका हुन ।

सानै उमेर देखि नेपाली पप/रक जर्नका गीतहरु गाउंदै आएका गायक सुशिल तामाङले पछिल्ला समय तामाङ सेलो गीत लगायत बौद्ध धर्मसंग सम्बन्धित धार्मिक गीत समेत गाईसकेका छन् । निक्कै नै सरल र निलनसार स्वभावका गायकद्वय तितुङ आफ्नो व्यवसाय संगै गीतसंगीतको क्षेत्रमा समेत निरन्तर लाग्दै आएका छन् । विभिन्न पप तथा रक गीतहरुमा आफ्ना आवाज दिईसकेका सुशिलले यस अघि लामाको छोरो, तिन पाने, शिरैमा राखी आपा आमा, नमोबुद्धया, हाम्रो त आखे र म्हे म्हेले जस्ता गीतहरु बजारमा ल्याईसकेका छन ।

गायकद्वय सुशिल गीत गाउनमा मात्रै नभएर आफ्ना गीतहरुमा आफै अभिनय समेत गर्दै आएका छन् । काभ्रेको स्रमथलीमा जन्मेका तितुङको सांगीतिक यात्रा हाल एक दशक भन्दा लामो यात्रा गरिरहंदा चर्चित कलाकारहरु, सुगम पोख्रेल, नविन के भट्टराई, मिङ्मा शेर्पा, विजय लामा, आसुशेन लामा, सुशन लामा जस्ता गीतसंगीतका धरोहरको रुपमा चिनिएका सिनियर कलाकारहरुसंग समेत सहकार्य गर्दै गीत गाईसकेका छन् ।

पप/रक गीत संगै सुगम संगीतबाट सांगीतिक यात्रा तय गरिएको तितुङ पछिल्ला समय भने सेलो गीतसंगीतमा धेरै लाग्ने गरेको पाईन्छ ।

भिडियो हेर्नुहोस..

प्रतिक्रिया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्