29.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय तामाङ घेदुङको सहयोगमा मकर योन्जनको पुर्णेको जुन झै सार्बजनिक

राष्ट्रिय तामाङ घेदुङको सहयोगमा मकर योन्जनको पुर्णेको जुन झै सार्बजनिक

काठमाडौं । द भोईस अफ नेपाल सिजन ५ का उप विजेता मकर योन्जनको नयां गीत पुर्णेको जुन झैं भिडियो सहित सार्बजनिक भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङको आर्थिक सहयोगमा उक्त गीत तयार गरिएको हो ।

चर्चित गीतकार कुमार स्याङ्बाको शब्द रचना रहेको उक्त गीतको संगीत बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको रहेको छ भने गीतमा आवाज द भोईस अफ नेपाल सिजन ५ का उप विजेता मकर योन्जनको रहेको छ । पवन वाङ लामाको एरेन्ज र सुन्दर लामाले मिक्सिङ गरेको उक्त गीतको रेकर्ड भने त्रिताल रेकर्डिङ स्टुडियोमा गरेको हो । गीतको भिडियो तर्फ निर्मल कुमार लामाको निर्देशनमा भिमफेदी गाईजको साथमा तर्चित मोडल निरान्जलि लामा र पासाङ लामाको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन पक्षमा भने त्रिलोक लामाको भुमिका रहेको छ ।

मकर योन्जनको आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको लागी नेपाल राष्ट्रिय तामाङ घेदुङको आर्थिक सपोर्ट रहेको घेदुङका महासचिव प्रविण कुमार बलले बताए । बलको अनुसार गीत संगीत क्षेत्रका एक तपस्यी मकर योन्जनले सांगीतीक क्षेत्रमा नै आफ्नो जीवनको अमुल्य समय बिताउंदै आएको हुंदा गीतको अडियो पक्षमा मात्रै घेदुङ्ले आर्थिक सहयोग गरेको बताए ।

द भोईस अफ नेपाल सिजन ५ का उप विजेता रहेको योन्जनको भोईस अफ नेपालको फाईनल पस्चात उनकै आवाजमा यस अघि पनि नयां गीतहरु सार्बजनिक भईसकेका छन् ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्