30.1 C
Kathmandu

कला/ साहित्यप्रतिक मोक्तानको झिम झिम परेला युट्युव र टिकटकमा चर्चा बटुल्दै !

प्रतिक मोक्तानको झिम झिम परेला युट्युव र टिकटकमा चर्चा बटुल्दै !

काठमाडौं । युवा गायक तथा संगीतकार प्रतिक मोक्तानको झिम झिम परेला बोलको गीतले पछिल्ला समय सन्तोषजनक रुपमा चर्चा बटुल्ने क्रम रहेको छ । विभिन्न सामाजिक संजाल अर्थात डिजिटल प्लेटफर्ममा मोक्तानको उक्ता गीतलाई निक्कै दर्शकले रुचाईएको पाईन्छ ।

गत महिना मात्रै NI प्रोडक्शन अफिसियल युट्युव च्यानलमार्फत भिडियो सहित सार्बजनिक गरिएको झिमझिम परेला बोलको गीतलाई युट्युवमा मात्रै नभएर टिकटक र फेसबुक रिलका धेरै युजरहरुले पनि रुचाईएको पाईन्छ । हामीले यो समाचार संकलन गर्ने बेला सम्ममा यो गीतको भिडियोलाई ५ लाख ७० हजार भन्दा धेरै पटक हेरिएको छ भने २ सय ५८ जना भन्दा धेरै दर्शकले कमेन्ट गरिएको छ । यत्ता टिकटकमा पनि धेरै युजरले रुचाईको पाईन्छ । हाल सम्म कमेन्ट गर्ने दर्शकहरुमा अधिकांस दर्शकले सकरात्मक कमेन्ट गरेको देखिन्छ ।

पछिल्ला समय तामाङ गीतसंगीतको क्षेत्रमा मौलिक अथवा संस्कार संस्क्रिति संग सन्बन्धित गीत संगै कमर्सियल तवरले बनाईएका गीतहरुले पनि धेरै भिउअर्स बटुलेको पाईन्छ । यसै क्रममा प्रतिक मोक्तानको झिमझिम परेलाले पनि व्यवसायीक कन्टेन्टको स्थान पाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ डांडा गाउं (गाङ्नाम्सा) मा जन्मेका प्रतिक मोक्तान उमेरको हिसावले निक्कै युवा अवस्था रहेपनि गीतसंगीतको क्षेत्रमा भने निक्कै परिपक्वता देखिन्छ । मोक्तान आफै गीत गाउने मात्र नभएर शब्द रचना र संगीत भर्ने काममा पनि उत्तिकै पोख्त देखिन्छ । सानै देखि नाच्नमा समेत रुचि राख्ने मोक्तान आफ्नो केही गीतहरुमा अभिनय समेत आफै गर्ने गरेको पाईन्छ । तामाङ गीतसंगीतको क्षेत्रमा चक्लेटी गायकको रुपमा चिनिएका मोक्तान पछिल्ला समय विभिन्न स्टेज कार्यक्रमहरुमा समेत उत्तिकै देख्न थालेको छ । स्टेजमा गीत गाउने मात्र नभएर दर्शकको चहाना अनुसार स्टेज शेयर गर्ने गरेका मोक्तानको डिमाण्ड स्टेज कार्यक्रमहरुमा पनि उत्तिकै देखिन्छ ।

पछिल्ला समय युवाहरुले रुचाईएको गायक प्रतिक मोक्तानले यस अघि निक्कै हिट गीतहरु बजारमा ल्याईसकेका छन् । ओम म्हाने पेमा, तेमाल फिलिलि, झोर्सी थान्गो, लामाला छ्योईरी, बुट्टे रुमाल, बर्षम दिनरी, तिङ्ला ढोई जस्ता गीतहरु बजारमा अत्यन्तै रुचाईएका गीतहरु हुन् ।

गत महिना सार्बजनिक गरिएको उक्त गीतमा शब्द संगीत प्रतिक मोक्तानकै रहेको छ भने आवाजमा प्रतिक मोक्तानलाई एन्जिला घिसिङले साथ दिएका छन् । सानुबाबु घिसिङले अडियो एरेन्ज/मिक्सिङ गरेको यस गीतको भिडियो तर्फ भने प्रतिक मोक्तान र याङ्गि दोङले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस….

प्रतिक्रिया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्