29.1 C
Kathmandu

कला/ साहित्यसुशिल तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो निर्देशनमा बिक्रम लामा

सुशिल तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो निर्देशनमा बिक्रम लामा

काठमाडौ । पछिल्ला समय तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल युवा गायक तथ संगीतकार सुशिल तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो सहित बजारमा आएको छ ।

दुई दिन अघि मात्रै Nssl युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतले ४८ घण्टामा नै झण्डै एक लाख भिउअर्स कमाउन सफल भएको छ । काभ्रेको रोशी गाउंपालिकामा जन्मेको सुशिल तामाङ गीत संगीतको आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने दौरानमा देखिन्छ । उनले निकालेका हरेक गीतहरुमा केही नयांपन र फरक स्वाद ल्याउने गरेको पाईन्छ । काभ्रेको रोशी गाउंपालिकाकै अर्को गायक लनम तामाङ भने सुशिलको जोडिकै रुपमा चिनिन्छ । यि दुवै जनाको सुमधुर आवाजको क्रेज तामाङ समुदायमा निक्कै बडेको देखिन्छ ।

गीत गाउनमा मात्रै नभएर लनम र सुशिलको जोडी सायरी वाचन गर्नमा समेत उत्तिकै पोख्त देखिन्छ । यिनै दुई जनाको आवाजमा वाचन गरिएको सायरी हरु अहिले पनि सामाजिक संजाल र सिङ्गो डिजिटल प्लेटफर्ममा चर्चा कमाईरहेको छ । सुशिल तामाङको शब्द संगीत र लनम तामाङको आवाजमा रहेका गीतहरु बेली चमेली, फोटो लाउले खिचिक्क, तामाङ सेलो ब्याटल लगायतका गीतहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन् ।

हालै सार्बजनिक गरिएको सेलोमा डम्फु बज्यो गीतको शब्द संगीत सुशिलकै रहेको छ भने आवाजमा सुशिलको साथमा सुमिना लो को रहेको छ । सोनिका लामा र ईन्द्र बम्जनले निर्माण गरिएको उक्त गीतको भिडियो तर्फ भने चर्चित छायांकार तथा भिडियो सम्पादक बिक्रम लामाको निर्देशनमा सुशिल तामाङ, लनम तामाङ, राजु सिॅ तामाङ, रबिन दोङ तामाङ, सोनी लामा र सन्जु दोङको अभिनय रहेको छ भने राजु लामाको न्रित्य निर्देशन रहेको छ ।

विगत लामो समयदेखी तामाङ चलचित्र, तामाङ गीतसंगीत र मुलधारका चलचित्र र गीतसंगीतमा समेत भिडियो मेकिङ तर्फ छायांकन, सम्पादन तथा ड्रोन अप्रेटरको समेत भुमिका निर्वहा गर्दै आएका बिक्रम लामा पछिल्ला समय यी सबै जिम्मेवारीको साथमा निर्देशन पाटोमा समेत कुशलता देखाउदै आएका छन । यस अघि उनैको निर्देशनमा बनेको फोटो लाईले खिचिक्क भन्ने गीतको भिडियोलाई दर्शकले खुलेरै प्रशंसा गरेका छन । झण्डै दश लाखको नजिकको भिउअर्स कमाउन सफल गीतमा निर्देश गरेका उनै बिक्रम लामाले यो पटक सेलोमा डम्फु बज्योको भिडियोमा समेत निर्देशन पाटोमा आफ्नो कुशलता प्रस्तुत गरेको देखिन्छ ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्