25.1 C
Kathmandu

कला/ साहित्यह्याकरको पन्जाबाट फिर्ता ल्याए उत्तर लामाको ‘सेलोमा डिजे’ र युट्युव च्यानल

ह्याकरको पन्जाबाट फिर्ता ल्याए उत्तर लामाको ‘सेलोमा डिजे’ र युट्युव च्यानल

काठमाडौ । तामाङ भाषाको पहिलो र्याप गायकको रुपमा परिचित उत्तर लामा (संगुल) को नयां गीत सेलोमा डिस्को बोलको गीत र युट्युव च्यानल ह्याकरको नियन्त्रणबाट फिर्ता ल्याएको छ ।

लामाले यस पटक सार्बजनिक गरिएको उक्त गीत सार्बजनिक गरेको केही दिनमा नै निक्कै दर्शकहरुले रुचाईएका थिए । छोटो समयमा नै धेरै भिउज कमाउन सफल उनको यो गीतमाथी ह्याकरको नजर लाग्यो र उक्त गीत अपलोड गरेको उनको आफ्नै अफिसियल युट्युव च्यानल समेत ह्याक गरेर उनको नियन्त्रण बाहिर पुगेको थियो । अन्तःत दक्ष आईटिसियनहरुको लामो प्रयास पछि भने ह्याकरको नियन्त्रणबाट ह्याक गरिएको च्यानल खोसिएको छ ।अहिले ह्याक भएको च्यानल र गीत पुर्ण रुपमा आफ्नो नियन्त्रणमा आएकोमा उनले खुशी व्यक्त गरे ।

गायक तथा संगीतकार उत्तर लामालाई र्याप गाएकको रुपमा चिनिए पनि उनले अन्य जर्नका गीतहरु समेत गाउने गरेको पाईन्छ । लामो समय संगीतीक क्षेत्रमा ग्याप गरेका लामाले पछिल्ला समय आयो आयो उत्तर लामा व्याक टु ब्याकबाट निरन्तर फेरी संगीतिक क्षेत्रमा जोडिनुको साथै चर्चा पनि उत्तिकै कमाएको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्