18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा न. ५ कोटतेमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

नमोबुद्ध नगरपालिका वडा न. ५ कोटतेमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कोटतेमालमा आफ्नै श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । 

आज बिहान अन्दाजी ८ बजेको समयमा ५९ बर्षीय धनबिर दमाई परियारलाई आफ्नै श्रीमतिले करिब ४० बर्षीय कमला परियारले
मादक पदार्थ सेवन गरी आफ्नै घरमा निगालोको लठ्ठिले टाउकोमा प्रहार गरि हत्या गरेको स्थानियले जानकारी दिएको हो ।

मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई जानकारी गराएको छ भने कमला परियारलाई प्रहरी चौकी नियन्त्रणलले नियन्त्रणमा राखेको छ ।

म्रितकको लास र निज हत्यारा आरोपितलाई जिल्ला चलान गर्ने तयारी रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्