26.1 C
Kathmandu

समाचारखोज मिडियाकी रजनी तामाङलाई यो बर्षको पत्रकार महिला सम्मान

खोज मिडियाकी रजनी तामाङलाई यो बर्षको पत्रकार महिला सम्मान

काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाद्वारा महिला पत्रकार प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरि गरिने भएको छ । पुर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनौट समितीको सिफारिसलाई संघको आइतवार सम्पन्न बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखाका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।

तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् ।
उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही, मनिता राई (सुनसरी) लगायत सम्मानित भइसकेका छन् ।

यो वर्ष सम्मानित हुन लागेकी तामाङ माछापुच्छे गाउँपालिका–९ कास्कीका वासिन्दा हुन् । पिता जुतबहादुर तामाङ र माता फिस्टी तामाङको कोखबाट जन्मेकी तामाङ लामो समयदेखि खोज मिडियामा संलग्न छन् । विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभव रहेकी तामाङ भिडियोग्राफी, फोटोग्राफी र समाचार वाचनतर्फकी कुशल प्रस्तोतासमेत हुन् । उनीसँग विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर कार्यसम्पादन गरेको अनुभव छ । तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोहका बीच सम्मान अर्पण गरिने भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्