24.1 C
Kathmandu

कला/ साहित्यसकिएन अझै ल्होछारको रौनकता, काठमाडौमा फेरी तिन दिने ल्होछार मेलाको भव्य तयारी

सकिएन अझै ल्होछारको रौनकता, काठमाडौमा फेरी तिन दिने ल्होछार मेलाको भव्य तयारी

काठमाडौ । तामाङ समुदायले मुख्य पर्वको रुपमा मनाउदै आएको राष्ट्रिय पर्व सोनाम ल्होछार स्वदेश तथा विदेशमा समेत विभिन्न कार्यक्रम सहित मनाउने क्रम जारी रहेको छ ।यसै क्रममा मन्जुश्री सम्बत २८६०औं डुक (मु पुख्री ल्ह‍ो) राष्ट्रिय सोनाम ल्होछारको अवसरमा राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले बिहीबार भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरि यहि फाल्गुन २४, २५ र २६ गते काठमाडौ चुच्चेपाटी स्थित होटल हायतको खुल्ला मैदानमा तीन दिवसीय वृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने जानकारी दिएको हो ।

ल्होछारलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्दै यसको महत्व र औचित्यबारे जानकारी दिने गरि मेलाको आयोजना गरिएको राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताए । अध्यक्ष तामाङको अनुसार तिन दिन सम्म चल्ने उक्त कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिंदै स्थानिय मौलिक खाद्यान्न तथा पोशाकहरुको स्टलहरु राख्ने तयारी रहेको छ । जहां रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टावेरी, ककनीको ट्राउट माछा लगायत अन्य थुप्रै स्थानिय उत्पादनहरुको समेत स्टल राख्ने भएको छ ।विशेष गरी बागमती प्रदेशको १३ वटा जिल्लाभित्र लुकेर रहेका कला र संस्क्रितिलाई बाहिर ल्याउने कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष तामाङले बताए । तिन दिन सम्म चल्ने उक्त ल्होछार मेलाको उद्घाटन भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम आयोजकले जानकारी दिएको हो ।

ल्होछार वृहत् सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरु राजेश पायल राई, यम बराल, यश कुमार, बुद्धि तामाङ, प्रिति आले, रोजमोक्तान, सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तन, उर्गेन दोङ, एलिना चौहान लगायत दर्जनौ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेने आयोजकले जानकारी दिए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।

आयोजकले कार्यक्रम व्यवस्थापन पक्षको जिम्मा भने सगुन इभेन्ट म्यानेजमेन्टलाई दएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्