26.1 C
Kathmandu

अन्तर्राष्ट्रियनेपाली जनप्रगतिशील मञ्च बेलायत विभाजन, अध्यक्षमा नबिन स्याङतान्

नेपाली जनप्रगतिशील मञ्च बेलायत विभाजन, अध्यक्षमा नबिन स्याङतान्

काठमाडौ । नेपाली जनप्रगतिशील मञ्च बेलायतको औपचारिक रुपमा नै विभाजन भएको छ । संगठनका अध्यक्ष मानबहादुर गुरुङ पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा छुट्टै नयाँ कार्यसमिति नै घोषणा भएको स्याङ्तान पक्षधरले बताए । स्याङ्तानको अध्यक्षतामा सम्मेलन गरी २८ सदस्यीय कार्यसमिति गठन गरिएको छ । विभाजन पस्चात नयां समानान्तर समितिको अध्यक्ष नबिन स्याङतान, उपाध्यक्षहरु- बृजम राई, राजमणी राई, प्रेम तामाङ, महासचिब – निर्भिक रायमाझी,सचिब- पुर्णिमा स्याङतान, प्रकाश दोङ, कोषाध्यक्ष – पृथिलाल याख्खा,सह- कोषाध्यक्ष – आशिष खड्का, मिडिया ईन्चार्ज-निर्भिक रायमाझी, युवा ईन्चार्ज- महेन्द्र तामाङ, युवा सह- ईन्चार्ज – सन्दीप थापा, विद्यार्थी इन्चार्ज – प्रकाश, विद्यार्थी सह- ईन्चार्ज – राज कुमार तामाङ त्यसै गरि महिला तथा
अनुशासन ईन्चार्ज – मीरा तामाङ
अनुशासन सह- ईन्चार्ज – देऊमान जिमी सदस्यहरुमा क्रमशः
१४ -कन्चन थापा
१५- अन्जु मोक्तान
१६- देऊमान जिमी
१७- दिनेश राई
१८- प्रदीप राई
१९- श्रीराम बिक
२०- कृष्ण भट्टराई
२१- राज कुमार तामाङ
२२- सन्दिप थापा
२३-
२४- अमित खड्का
२३-छबिलाल राणा
२४- सुजन पराजुली
२५-
बैठकले अर्को २ जना सदस्यहरु थप्ने गरि २५ सदस्यिय कमिटी निर्माण समेत गरिएको जानकारी दिए ।

संगठनको सदस्यता वितरण मा मनोमानी गरेको,  एकाधिकार शैलीमा प्रश्न र आलोचना उठाउने माथि कारबाहीको डण्डा चलाएको लगायतका कारण देखाउँदै समानान्तर नयाँ कमिटी गठन गरेको स्याङ्तान पक्षधरले बताए ।  अध्यक्षले सचेत नगराएका कारण संगठन छाडेर युवा विद्यार्थी समूह बाहिरिएका थिए । यता सोही संगठनका सचिवालय सदस्य तथा मिडिया विभाग प्रमुख सन्तोष भट्टराई पक्ष भने तटस्थ बसेको छ ।

भट्टराईले नेतृत्व सामु यस्तो आरोप लगाएर सच्याउन आग्रह गरेका छन : 
१) धनका कुवेरले प्रतिनिधि किन्ने, वास्तविक युद्वालाई उपेक्षा गर्ने, प्रश्न गर्नेलाई मुख थुन्ने स्थिति देखियो ।
२) प्रतिनिधि छनोट गरेर सम्मेलन गर्नुपर्नेमा जसरी पनि निर्वाचन जित्ने र हुलहुज्जत गर्ने स्थिति देखियो । संगठनका कटिबद्व कार्यकर्ताको नाम नहुने फरक संगठनका मान्छेको लेवि तिरेर भोट बैंक बनाउन आफै पैसा तिरेर हुलकाहुल मान्छे हुलेको देखियो ।
३) पुरानाहरूले युवा तथा विद्यार्थी उपर हेपाह निति लिएको, बोलेको र व्यवहार दर्शाएकाले एक जना पनि ति उर्जावान, कर्णदार युवा विद्यार्थी संगठनमा रहेनन र सबै रिसाएर बाहिरिए ।  सामन्तवादले झिर्नो बनाउँछ,  हुकुमप्रमाङ्गीको दास हुन सकिँन र आइएनजीओको अर्दली बस्न नहुने भनेर सचेत, सक्षम, उर्जावान र नैतिकवान सबै संगठनबाट बाहिरिए । यस बुर्जुवा महलबाट क्रान्तिकारी सबै योद्वाहरू बाहिरिए । त्यसैले यो संगठन एक रहेन।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्