24.1 C
Kathmandu

कला/ साहित्यतामाङ समाज जापान–कान्साईको आयोजनामा ल्होछार कार्यक्रमको भव्य तयारी

तामाङ समाज जापान–कान्साईको आयोजनामा ल्होछार कार्यक्रमको भव्य तयारी

काठमाडौ । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक ल्हो अर्थात ड्रागन बर्षको अवसरमा केही दिन यत्ता नेपाल लगायत अन्य थुप्रै देशहरुमा विभिन्न कार्यक्रमका साथ मनाउने क्रम रहेको छ । यसै क्रममा जापानमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज जापान क्षेत्रीय कमिटि कान्साईको आयोजनामा यही फेब्रुवरी १८ तारिखमा सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०८० हुने भएको छ ।

तामाङ समाज जापान क्षेत्रीय कमिटि कानसाईको आयोजनामा फेब्रवरी १८ मा हुने कार्यक्रमको लागि कार्यक्रम स्थल तय गर्नुका साथै व्यापक तयारीमा समेत आयोजक टिम जुटेको छ । जापानस्थित ओसाकाको र्युकोदोउ भवन कोराईबासीमा हुने उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुतिका लागि चर्चित गायक प्रकाश तितङु, सुमिना लो, पूजा तामाङ लगायतका कलाकारहरु जापान जाने भएको छ । आयोजकका अनुसार नेपालबाट आमन्त्रीत अतिथि कलाकारहरुको साथै उक्त दिन स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।
आयोजकले जानकारी दिएको छ ।

कोभिड यत्ता पछिल्ला समय विभिन्न देशहरुमा ल्होछारको रौनकता संगै सांगीतिक कार्यक्रमहरु बढेसंगै थुप्रै कलाकारहरुले प्रवासको स्टेजमा आफ्ना प्रस्तुति दिने अवसर पनि उत्तिकै बढेको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्