24.1 C
Kathmandu

समाचारयुएईमा हुने सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

युएईमा हुने सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं । मन्जुश्री संवत् २८६० डुक ल्हो (मुपुख्री) सोनाम ल्होछारको अवसर पारेर स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाहरुले ल्होछार कार्यक्रमको आयोजना धमाधम गर्दै आएको छ । यसै क्रममा वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुन लागेको मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको तयारी पूरा भएको छ ।

यहीँ आउदो फेब्रुअरि १० तारिखमा रोयल रोज होटल अबधाबी र फेब्रुअरि ११ तारिखमा युएईको विकसित शहर दुबई स्थित क्लब SK7 मा हुन लागेको कार्यक्रममा नेपालदेखि बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र गायिका जितु लोप्चन सांगीतिक प्रस्तुति दिन नेपालबाट जाने भएको छ भने स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।

तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान भन्ने मुल नारा लिएर लामो समयदेखि तामाङ जातिको भाषा धर्म र संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आउनेक्रममा यस वर्ष पनि समाजले सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गर्न लागेको तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले बताए ।

कार्यक्रममा हजारौं नेपालीहरु सहभागी भई आफ्नो देशको कला संस्कृति प्रबर्द्धन गर्न टेवा पुर्याउने विश्वास आयोजकले गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्