30.1 C
Kathmandu

समाचारतामाङ सांस्कृतिक महोत्सवको रुपमा टुडिखेलमा तिन दिवसीय सोनाम ल्होछार मेला आजदेखि सुरु...

तामाङ सांस्कृतिक महोत्सवको रुपमा टुडिखेलमा तिन दिवसीय सोनाम ल्होछार मेला आजदेखि सुरु हुने

काठमाडौं । मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक/मु-पुख्री ल्हो को अवसरमा राष्ट्रिय पर्व सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवको रुपमा काठमाडौं स्थित टुडिखेलमा आजदेखि सुरु हुने भएको छ । तामाङ समुदायले मुख्य रुपमा मनाउंदै आएको सोनाम ल्होछार सांस्क्रितिक पर्वको रुपमा आजदेखि तिन दिन सम्म मनाउनेछ ।

हिजो नेपाल तामाङ घेदुङको संघीय कार्यलयको सभाहलमा पत्रकार सम्मेलन गर्दै तिन दिन सम्म हुने कार्यक्रमको तयारी र कार्यक्रम तालिका समेत सार्वजनिक गरिएको हो । विभिन्न १५० वटा भन्दा धेरै तामाङ संघ संस्थाहरुको समेत सहभागीतामा टुडिखेलमा आज हुने वहिलो दिनको कार्यक्रम सांझ ४ बजेदेखि राति ९ बजेसम्म राष्ट्रिय चर्चित हास्य कलाकारहरु संगै अन्य कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहनेछ । त्यसै गरि भोलि हुने दोस्रो दिनको कार्यक्रममा विहान ८ बजेदेखि १२ बजे सम्म पूजापाठ र १ बजेदेखि राति ८ बजे सम्म राष्ट्रिय चर्चित कलाकारहरुको साथमा द भ्वाइस अफ नेपाल सिजन पांचका उपविजेता मकर बहादुर योन्जनको विशेष सांगीतिक प्रस्तुती रहनेछ भने रातको ८ बजेदेखि १० बजे सम्म डिजे तेन्जिङको विशेष प्रस्तुती रहने भएको छ ।

कार्यक्रमको अन्तिम दिन अर्थात २७ गते विहान ८ बजेदेखि १२ बजे सम्म नियमित पुजापाठ सकेर १ बजेदेखि २ः३० बजे सम्म सम्माननीय प्रधानमन्त्री ज्यूबाट कार्यक्रम समुदघाटन तथा प्रमाणपत्र वितरण कार्यक्रम रहेको छ । २ः३० देखि ३ बजे सम्म सम्माननीय प्रधानमन्त्री र अन्य विशिष्ट पाहुनाहरुको शुभकामना मन्तव्य सके संगै ३ बजेदेखि रातको १० बजे सम्म सांगीतिक प्रस्तुति रहने छ ।

राष्ट्रिय सोनाम ल्होछार-२८६० डुक/मुपुख्री ल्होछार मूल समारोह समितिले बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलले कार्यक्रमको जानकारीका साथै कार्यक्रम तालिका प्रस्तुत गरेका थिए भने नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले कार्यक्रममा उठेका र ल्होछार सम्बन्धि सामाजिक संजालमा आएका टिकाटिप्पणिहरुको बारेमा समेत प्रस्ट पारेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्