21.1 C
Kathmandu

अन्तर्राष्ट्रियसिन्धुबासीको सेवाका निमित्त सिन्धु समाज अमेरिका गठन, अध्यक्षमा दिपेश लामा (मोलम)

सिन्धुबासीको सेवाका निमित्त सिन्धु समाज अमेरिका गठन, अध्यक्षमा दिपेश लामा (मोलम)

काठमाडौं । सिन्धुपाल्चोकबाट अमेरिकामा गएर बसेका सिन्धुबासीहरुले सिन्धुबासीको सेवाका लागि सिन्धु समाज अमेरिका गठन गरिएको छ । जुझारु युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी दिपेश लामा (मोलम) सिन्धु समाज अमेरिकाको अध्यक्षको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। विगत दशकौंदेखि अमेरिकालाई आफ्नो कर्मभुमि बनाएका लामाले सिन्धु समाज अमेरिका नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ का लामा सानै उमेरदेखि समाजसेवा गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित व्यक्तित्व हुनुहुन्छ।
लामाका अनुसार सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँबाट अमेरिकामा आई विभिन्न राज्यहरूमा विभिन्न पेशा व्यवसायमा सहभागी भएको व्यक्तित्वहरु मिलेर सिन्धु समाज अमेरिका स्थापना गरेको बताउनुभयो। यति मात्र नभै सिन्धुपाल्चोक जिल्लाको चौतर्फी बिकासमा हातेमालो गर्ने र सिन्धुपाल्चोक बाट अमेरिका आउनुभएको विभिन्न व्यक्तिहरूलाई एकताको सुत्रमा बाँध्ने मुख्य उद्देश्य रहेको उनको भनाइ छ। साथै, अन्य आइपर्ने समस्याहरूमा समेत सहयोग गर्दै संस्थागत रूपबाट अगाडि बढ्नको लागि एक भेलाको आयोजना गरि अमेरिकाको क्यालिफोर्नियामा सिन्धु समाज अमेरिका घोषणा गरिएको उनले जन्मभूमि पोष्टलाई जानकारी दिए।
भेला विज्ञ समुहको संस्थापक नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो भनें विशेष अतिथिको रुपमा निर्वतमान सशस्त्र प्रहरी डिआइजी के। बि । व्रमाचार्य हुनुहुन्थ्यो। सो भेलाले अमेरिकामा सफल व्यावसायिक पहिचान बनाउनु भएको, सिन्धुपाल्चोकमा भएको हरेक प्राकृतिक विपत्तिमा खुला हृदयले सहयोग गर्दै आउनु भएको क्यालिफोर्निया निवासी श्री यज्ञलाल श्रेष्ठ को संरक्षकत्वमा अमेरिकी नियम कानुनको अधिनमा रहि समाजिक सेवा गर्ने गरि गैरसरकारी, गैरनाफामुलक संस्था को रूपमा सिन्धु समाज अमेरिका गठन गरिएको हो। संस्थाको अध्यक्ष मा सिन्धुपाल्चोक को युवाहरूको ढुकढुकी सफल युवा व्यावसायी दिपेश लामा (मोलम) लाई छनौट गरिएको छ। अब अमेरिकामा रहनुभएको सम्पूर्ण सिन्धुपाल्चोक बासी नागरिक को सुख दुखको सारथीको रूपमा दिपेश लामा मोलम ले संस्थागत नेतृत्व गर्नु हुनेछ। सिन्धु समाज अमेरिकाको संरक्षक श्री यज्ञ लाल श्रेष्ठ, कानुनी सल्लाहकारमा श्री यज्ञ नेपाल, सिन्धु समाज अमेरिकाको सल्लाहकार समितिको सदस्यहरू श्री सुरज पाख्रिन, श्री राजेश मोक्तान, श्री राम श्रेष्ठ, श्री राजेन्द्र लामा, श्री रतुल लामा, श्री बुद्ध लामा, श्री रवि पराजुली रहेका छन् ।

त्यसै गरि सिन्धु समाज अमेरिकाको कार्यसमितिमा भने अध्यक्षमा श्री दिपेश गोले लामा, उपाध्यक्ष श्री जयराम पण्डित, महासचिव, श्री कप्तान लामा, सचिव श्री दिपेन्द्र थापा, कोषाध्यक्ष श्री शान्ति थापा, सह कोषाध्यक्ष श्री राजेन्द्र श्रेष्ठ, सदस्यहरू मा श्री उदय पण्डित, श्री बलराम काजी बस्नेत, श्री दिल बहादुर श्रेष्ठ, श्री राजेन्द्र कुमार श्रेष्ठ, श्री पार्वती लामा रहनु भएको छ।

यस सिन्धु समाज अमेरिकाले निकट भविष्य नै विभिन्न कार्यक्रमहरू घोषणा गर्नुको साथसाथै काठमाडौंमा सिन्धु समाज अमेरिकाको सिन्धुपाल्चोक सम्पर्क कार्यालय काठमाडौमा खोलिने योजना बनाएको समाजले बताएका छन्। साथै सम्पूर्ण सिन्धुपाल्चोक को युवाहरूलाई समाजसेवामा लगाउनको साथसाथै आत्मनिर्भर र अमेरिकामा सिकेको ज्ञान सिपलाई आफ्नो जन्मभूमिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न कार्यक्रम तर्जुमा गरि नेपालमा एक समिति निर्माण गरि सामाजिक क्षेत्रमा संस्था गत हस्तक्षेप गर्नेछ ।सिन्धुपाल्चोक जिल्लामा भैपरिआउने कुनैपनि प्रकारको सहयोग गर्नको लागि संस्थाले कुनै कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता संस्था को संरक्षक श्री यज्ञ लाल श्रेष्ठले गर्नुभयो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि नवराज लम्सालले सिन्धुपाल्चोक को बिकासको लागि अमेरिकामा सफलता हाँसिल गर्नुभएको परम आत्मिय मित्र यज्ञलाल श्रेष्ठले लिनुभएको अठोट सबै नेपालीले बुझ्नुपर्ने र सबै सफल युवाहरूले आफ्नो जन्मभूमिका लागि केही न केही योगदान गर्न यज्ञलाल जि बाट सिक्नुपर्ने बताउनु भयो। बिगतमा पनि सिन्धुपाल्चोक को हरेक समस्या मा अग्रिणी सहयोगीको रूपमा यज्ञलालले धेरै काम गर्नुभएको भन्दै घरवार बिहीनहरूको लागि आफ्नो निजि खर्चमा ११ वटा घर बनाएर अमेरिकाबाट पहिलो नेपाली म्यारिल्याडको नेशनल डेलिगेट श्री ह्यारी भण्डारी सहित गएर घर हस्तान्तरण गरेको बिषय कोट्याउँदै अब अझै बढी सिन्धुपाल्चोक को बिकासमा सिन्धु समाज अमेरिका कोशेढुङ्गो हुने बिस्वास गर्नु भयो ।

संस्थाको वर्तमान अध्यक्ष श्री दिपेश लामा मोलमलाई बधाई दिदै चर्चित युवाले नेतृत्व गरेकोले यो संस्थाले परिणाममुखी काम गरेर देखाउने आशा व्यक्त गर्नुभयो। प्रमुख अतिथि लम्सालले कार्य समिति को सबैलाई मन वचन र कर्मले सिन्धुपाल्चोक को बिकासमा हातेमालो गर्नुहुनेछ भन्ने आफुलाई लागेको छ भन्नुभयो।यसैगरी विशेष अतिथि पूर्व डिआईजी के। बि। व्रमचार्यले यति टाढा आएर पनि जिल्लाको बिकास गर्न लागिपर्नु भन्ने कुरा नेपालीले मात्रै गर्न सक्ने र यो र यस्तै समाजसेवी काम अरू जिल्ला को नेपालीहरूले पनि प्रेरणा लिनुपर्ने बताउनु भयो। पूर्व डिआईजीले यज्ञलाल श्रेष्ठ असाध्यै समाजसेवी र आफ्नो पुरानो मित्र पनि भएकोले उहाँले असाध्यै राम्रोसँग संस्था चलाउनु हुन्छ भन्ने बिस्वास आफुलाई भएको बताउनु भयो।
अमेरिकामा भएको भेला आयोजक कमिटी अध्यक्ष श्री दिपेश लामा मोलमले आफू व्यस्त हुँदाहुँदै पनि साथीहरूको आड, भरोसा र हौसलाको कारणले र आफ्नो जन्मभूमिका लागि केही गरौं भन्ने हुटहुटिले आफु संस्थाको अध्यक्ष बन्न राजी भएको बताउनु भयो। साथै आफ्नो नेतृत्वमा सहभागी सबैलाई हार्दिक धन्यवाद सहित सल्लाहकार अग्रज व्यक्तित्वहरूको निर्देशन बमोजिम संस्थाले परोपकारी कार्य गर्ने बताउदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नुभयो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्