23.1 C
Kathmandu

समाचारबनेपा भैँसेपाटीमा बिपरित दिशाबाट आइरहेको २ बस आपसमा ठोक्किएर दुर्घटना

बनेपा भैँसेपाटीमा बिपरित दिशाबाट आइरहेको २ बस आपसमा ठोक्किएर दुर्घटना


काठमाडौं । काभ्रेको बनेपा भैँसेपाटीमा बिपरित दिशाबाट आइरहेको २ ओटा बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

अन्दाजी ७:३० बजेको समयमा काभ्रे बनेपा नगरपालिका वडा नं.१४ भैंसेपाटीमा पनौतिबाट काठमाडौंतर्फ जादै आईरहेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको हो । प्रहरी चौकी साँगाबाट प्र.ना.नि.को कमाण्डको टोलीले घटनास्थलमा पुगि घाईतेको उद्धार गरि उपचारको लागि सिरमेमोरीयल अस्पताल पठाएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परि घाईते हुने यात्रुहरुमा बा प्र-०१-००६ ख २९९७ न. बसमा सवार काभ्रे जिल्ला पाँचखाल न.पा.६ बस्ने बर्ष २४ की नबिना दनुवार बाँया हातमा चोट लागेको, बा.२ ख ६६६९ न.को बसमा सवार जिल्ला काभ्रे नमोबुद्ध न.पा. ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य घाईते डिस्चार्ज भएको छ भने निजकि छोरी बर्ष ११ की फुर्सङ लामा र छोरा बर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट लागेकोमा डिस्चार्ज भएको छ ।त्यसै गरि काभ्रे नमोबुद्ध न.पा.५ बस्ने बर्ष २० की करुणा भुजेलको खुट्टामा सामान्य चोट लागेको र उनको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

बस चालकलाई भने ईलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा रहेको ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्