22.1 C
Kathmandu

समाचारमहायज्ञको पहिलो दिनमै १ लाख ९३ हजार रुपैँया संकलन,८ कोठा भवन निर्माण...

महायज्ञको पहिलो दिनमै १ लाख ९३ हजार रुपैँया संकलन,८ कोठा भवन निर्माण गर्ने प्रतिवद्धता

दाङ । तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान बिज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आजदेखि तुलसीपुरको अरनिको मैदानमा सुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताएका छन् ।

सडकपेटीमा बस्दै आएका व्यक्तिहरुको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने मुख्यमन्त्री चौधरीको प्रतिबद्धता छ । केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बचन दिएको उनी बताउँछन्। मुख्यमन्त्री चौधरीले केही समयअघि हेडौँटामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको समेत बताए।मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उनले बताए । मुख्यमन्त्री चौधरीले आजको जनसागरले मानव सेवा आश्रमको अभियानमा लाग्न सबैलाई प्रेरणा मिलेको बताए ।प्रदेश सरकारले आश्रमका लागि भवन निर्माणका लागि बजेटको कुनै कमी नहुनेसमेत प्रतिबद्धता व्यक्त गरे। यसैगरी, महायज्ञको पहिलो दिनमै उदारमनाहरुबाट नगदतर्फ १ लाख ९३ हजार ३ सय ६५ रुपैँया प्राप्त भएको छ भने मानवसेवा आश्रमको निर्माणाधीन भवनको लागि ८ कोठा निर्माण गर्ने प्रतिवद्धता व्यक्त भएको छ । मानव स्मारक १ कोठा निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैँया योगदान गर्नुपर्नेछ । यस्तै, लायन्स क्लब अफ ईन्टरनेशनलले १ करोड ३२ लाख ९९ हजार २ सय ८० रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।यस्तै, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानीवय सेवा गर्ने अवसर प्राप्त भएको बताउँदै पालिकाको तर्फबाट ५ कोठा भवन निर्माणका लागि करिव २६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे। तुलसीपुरमा मानव सेवा आश्रम निर्माण गर्नु नै गौरबको योजना रहेको भन्दै हरेक क्षेत्र, समुदायले सक्दो सहयोग गर्न आग्रह गरे।यस्तै,लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले भवन निर्माणमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने बताईन्। महायज्ञले हरेक व्यक्तिमा मानवता फर्काउने समेत उनले उल्लेख गरिन् । यस्तै, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले समेत सभालाई सम्बोधन गर्दै मानव सेवा आश्रमको एउटा कोठा भवन निर्माणको सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पनि एउटा कोठामा लाग्ने ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।यसैगरी, दाङवासीको उत्साहजनक उपस्थितीका बिच शुरु भएको महायज्ञमा ४ हजार बराबरको जिन्सी सामान समेत प्राप्त भएको छ । माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्