24.1 C
Kathmandu

भिडियोप्रकाश वाइबाको “यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक

प्रकाश वाइबाको “यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक

काठमाडौं । सोनाम ल्होछार नजिकिँदै गर्दा धमाधम सेलो गीत र तामाङ गीतहरु बजारमा आउन थालेको छ। पछिल्लो समय तामाङ सेलो गीतहरु विशेष गरि ल्होछार पर्वलाई समेटिएर बनाएका गीतहरुले बजारको माहोल नै तताएको पाईन्छ।

यसैबिच, गायक प्रकाश वाइबाको तामाङ सेलो गीत “यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त गीतमा स्वर वाईवाको नैरहेको छ भने शब्द हस्त लामाको रहेको छ । अनिश योञ्जनको संगीत रहेको गीतको अभिनयमा तामाङ भाषाको फिल्म क्षेत्रमा महानायकको रुपमा चर्चा कमाएका अमिर दोङ, अनिता बल, संजिव गोले, सुनिता वाइवाको मुख्य भूमिका रहेको छ ।

त्रिताल स्टुडियोमा रेकर्ड गरिएको गीत सुन्दर लामाको एरेन्जमा रिलिज गरिएको हो। तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युव च्यानल बाट सार्बजनिक गरिएको तको निर्देशन अमिर दोङले गरेका छन् भने कोरियोग्राफरमा नरेन मोकतान्को भूमिका रहेको छ ।

तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक वाइबाको यस अघि पनि “ब्रेल्साङ लाई म्हान्जी”, तोर छ्योङ मार छ्योङ, घरमेरो सिन्धुली, क्या राम्री मैच्याङ जस्ता थुप्रै गीतहरु बजारमा आइसकेको छ । “यो हाम्रो ल्होछार मेलामा” बाट धेरैको मन जित्ने उनले आशा गरेका छन्। तामाङ भाषाको गीत संगीत मात्रै नभएर थुप्रै नेपाली भाषाको गीत संगीतमा समेत गायक वाइबाले काम गरिसकेका छन् । सिन्धुली जिल्लामा जन्मेका युवा गायक वाईबा गीत संगीत क्षेत्रमा केही गर्छु भनेर लागिरहेको देखिन्छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्